नगरद्वारा सेनीटरी प्याड हस्तान्तरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 15, 2077
  • 197 पटक पढिएको

सिरहा,असोज १५ गते । कलिला छात्राहरुमा महिनावारीको बेला पनि स्कूल आउने वातावरण बनाउने उद्देश्यले धनगढीमाई नगरपालिका सिरहाले नगरक्षेत्रभित्रका तेह्र वटा सामुदायिक विद्यालयलाई नब्बे कार्टुनमा रहेका झण्डै एक लाख ५० हजार थान सेनिटरी प्याड हस्तान्तरण गरिएको छ ।
महिनावारी भएको वेला छात्राहरु स्कूलमा नआउने र पढाईमा बेरुचि देखाउने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट उक्त परिणामको सेनिटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।
विद्यालयमा छात्राहरुको संख्याको आधारमा पाँच वटा माध्यमिक विद्यालय र ८ वटा आधारभूत विद्यालयलाई ५ कार्टुनदेखि ८ कार्टुनसम्म सो सामाग्री हस्तान्तरण गरिएको नगर शिक्षा शाखा प्रमुख बुद्धिमान दनुवारले जानकारी दिनुभयो । एक कार्टुनमा झण्डै एक हजार ६ सय थान सेनिटरी प्याड रहेको जनाइएको छ ।
सालाखाला ७ कक्षाबाट छात्राहरुमा महिनावारी शुरु हुने आकलनको आधारमा तेइतिस वटा नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमध्ये पाँच वटा माध्यमिक विद्यालय र ८ वटा सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरण गरिएका हुन् ।
नगरबाट हस्तान्तरित सेनिटरी प्याड वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक विद्यालयमा फोकल शिक्षिका तोकिएको छ । नगरमा अझै सेनिटरी प्याडहरु मौज्दात रहेकोले खपतको आधारमा माग गर्ने विद्यालयलाई जुनसुकै बेला सेनिटरी प्याड थप हस्तान्तरण गरिने जनाइएको छ ।

 


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२