गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: आश्विन 2, 2077
  • 402 पटक पढिएको

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले नगरहरुको सबै टोलहरुमा सममुदायिक भवन (दलान) हुनुपर्ने जिकिर गरेका छन् । 

विहिबार धनुषाको विदेह नगरपालिकाको वडा नं. ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै नेता बरबरियाले वर्तमान परिवेशमा गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य रहेको बताएका छन् । वडा नं. ५ को मुडिबा टोल स्थित निर्माण गरिएको वडा कार्यालयको उदघाटन गर्दै उनले आफ्नै घर भएपछि सहज भएको बताए ।

विदेहनगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय कुमार गोईतको अध्यक्षता तथा नेता बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उदघाटन कार्यक्रममा उनले अन्य ठाउँमा वडा कार्यालय हुँदा कार्य सँचालनको लागि समेत असहज भएको अवस्थामा आफ्नै भवन भएपछि कार्य सँचालन सहज तरिकाले हुने बताए । 

 


उनले वडा कार्यालय सँगै अब हरेक टोलमा समुदायिक भवनको खाँचो औल्याए । गरिब, निमुखा मात्र नभई टोलमा आउने जन्ती वा अन्य विभिन्न समाजिक कार्यहरुको लागि वासस्थानको अभाव औल्याउँदै टोलहरुमा अनिवार्य रुपमा समुदायिक भवन निर्माण गर्न वडाध्यलाई सुझाए । 

नगरपालिकाका नगर प्रमुख बेचन दासको विशिष्ट आतिथ्य एवम् नेकपाकै तर्फबाट मेयरका प्रत्यासी युवा नेता राजकिशोर यादवको विशेष उपस्थितिमा वडा कार्यालय भवन उदघाटन गरिएको हो । यसअघि सोही स्थानमा रहेको स्वास्थ्यचौकीमा वडा कार्यालय अस्थायी रुपले सँचालन हुँदै आएको थियो । 

सो कार्यक्रममा वडाध्यक्ष गोईतले प्रमुख अतिथि एवम् नेता बरबरियाको सुझावलाई आम जनमानसको हकहितको लागि प्रत्येक टोलमा समुदायिक भवनको योजना ल्याउने बताए । उनले अल्पसँख्यक, सीमान्तकृत समुदाय, दलित समुदायको बर्चश्व रहेको स्थानमा शिघ्र नै समुदायिक भवन निर्माण गरी जनतालाई सहजता प्रदान गर्ने बताए । 

सो कार्यक्रममा मेयर दास, युवा नेता यादव सहित अन्य व्यक्तिहरुले समेत आ आफ्नो धारणा राखेका थिए । 


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२