मेयर बरबरिया र कमला अभियानी यादव अन्तराष्ट्रिय सम्मानले सम्मानित

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: भदौ 30, 2077
  • 419 पटक पढिएको

 धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानका अभियानी उदय कुमार बरबरिया एवम् कमला बचाउ अभियानका सँयोजक विक्रम यादवलाई सम्मान गरिएको छ । 

कमला बचाउ अभियानका सँयोजक एवम् समाजसेवी समेत रहेका विक्रम यादवलाई विश्व वातावरण काउन्सिलले इन्भारोमेन्टल अवारनेस अवार्डबाट सम्मानित गरेको छ भने मेयर बरबरियालाई विश्व वृक्षारोपण मिशन २०२० बाट सम्मानित गरिएको छ । 


कमला बचाउ अभियानमा सक्रिया भूमिका निर्वाह गरेका कमला अभियानीद्धयलाई अन्तराष्ट्रिय स्तरको सम्मान गरिएको हो । विश्व वातावरण काउन्सिलले दुवै अभियानीलाई वातावरण बचाउनको लागि गरेको पहल, वृक्षारोपणप्रति देखाएको चासो र पहलको लागि सम्मान गरेको हो । 


कमला बचाउ अभियानको क्रममा धनुषा र सिरहाजिल्लाको सीमामा रहेको कमला नदिको किनार सहित विभिन्न स्थानमा भएको वृक्षारोपणमा प्रत्यक्ष रुपमा सहभागी भई पर्यावरण जोगाउन दिएको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो । 


सिद्धान्त युनिभर्सल फाउडेशनका सँस्थापक डा. गणेश चन्ना र सेकरेटरी अनमोल शर्माले दुवै जनालाई पर्यावरणको लागि सम्मान गरेको हो । 


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२