काठ तस्कर र प्रहरी विच झडप ५ जना घाईते

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 22, 2077
  • 56 पटक पढिएको

बटेश्वर,भदौ २२ गते । काठ तस्कर र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति झडप हुँदा दुई प्रहरी र तीन स्थानीय सहित ५ जना घाइते भएका छन् ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा खटिएको टोलीमाथी पछाडीबाट ङ्गामुढा वर्षिन थालेपछि प्रहरी घाइते बएका हुन् ।
प्रहरीका अनुसार स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सालको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी पछाडिबाट ढुङ्गा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।
उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरी प्रयोग गर्दै आएको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।

स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएको छ, प्रहरीको प्रतिवाद गर्दै केही युुवाहरुको ढुङ्गामुढा गरेको स्थानीयको भनाई छ ।
उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२