चोर्हवामा कोरोना अस्पताल बनाउँदै

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 21, 2077
  • 226 पटक पढिएको

सिरहा–सिराहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर अभावमा समस्या झेल्नुपरेको गुनासो बढेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण गर्न लागेको हो ।

कोगोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह, उपप्रमुख रेशमकुमारी थापाले ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७-७८ को विकास बजेटबाट कटौती गरी कोरोना अस्पताल र आइसोलेसन सेन्टर निर्माण थालेको नगर प्रमुख देवनाथ साहले बताए । ‘आज शिल्यान्यास भयो, अवको एक महिनाभित्र अस्पताल र सेन्टर निर्माण गरी सञ्चालन गरिनेगरी हामीले काम अगाडी बढाएकाछँौ,’ मेयर साहले भने । उनले थपे, ‘ तत्काल ९१ लाख रकम छुट्याइएको छ, त्यसका लागि बजेट अपुग भए नगर कार्यपालिकाले स्रोत खोजी गरी तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’

गोलबजार नपा ७ का वडा अध्यक्ष जगद श्रेष्ठले यो कोरोना अस्पताल भनिएपनि भविष्यको ट्रमा सेन्टरको जग भएको बताए । उनले तत्काललाई महामारीले यसको निर्माण प्रकृया अगाडी बढाएको भएपनि यसलाईनै ट्रमा सेन्टरमा रुपान्तरण गर्ने जनाए पूर्वप्रशासक तथा यसै नगरपालीका ८ का ललितबहादुर थापाले ट्रमा सेन्टर निर्माणको लागि दिएको एक बिघा जग्गामा अस्पताल र आइसोलेसन सेन्टरको शिलान्यास गरिएको हो । थापाले करिब १० वर्षअघि जग्गा दान गरेका थिए ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२