कोरोना जितिन् उपमेयर रोहनी यादब

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 21, 2077
  • 92 पटक पढिएको

सिरहा–सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव कोरोना मुक्त भएकी छिन् । कल्याणपुरका मेयर निलम्बनमा परेपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी उनको शनिबार रिपोर्ट निगेटिभ आएको हो ।

उनीसँगै त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासको रिपोर्ट पनि निगेटिभ आएको छ । उनीहरुको गत ४ गते संकलन गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमति भएपछि उनीहरु आइसोलेशनमा बस्दै आएका थिए । त्यसपछि १७ गते संकलन गरिएको स्वाबको रिपोर्ट निगेटिभ आएको कल्याणपुरका कोरोना फोकल पर्सन गौरीशंकर देवले जानकारी दिए ।हिम्मतले लडनु कारोना संग उपमेयर यादब
आज मैले १४ दिन पछि दोस्रो पटक पिसिआर जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु।म डुमरी स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएकी छु ।
कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावककों आशीर्वादले मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक को कामनाले कोरोना को यो जंग जितेकी छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएकी छु ्र
कोरोना संग को यो लडाई मा स्वास्थ्यलाभ को कामना गर्ने, माया गर्ने सम्पूर्ण नगरवासी लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गर्दछु ्र विश्वभरि नै फैलिएका यस विश्व महामारी को चपेट मा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सेनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दैमा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टर को सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्ण ले कोरोनालाई जित्ने विश्वास राखेको छु ्र साथै कोरोना विश्व महामारी को चपेट मा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रधांजलि प्रकट गर्दै पुण्य आत्मा को चिर शान्ति को कामना गर्दछु। साथै परिवारजन मा धर्याधारण राख्न हिम्मत इश्वरले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्द छु ्र
यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुट भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने इश्वर संग प्राथना गर्दछु


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२