सुखिपुरमा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 13, 2077
  • 360 पटक पढिएको

सिरहा । कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा भर्ना भएको दुई दिनपछि ८ भदौमा कोरोना संक्रमित भएका वृद्धको बिहीबार साँझ मृत्यु भएको थियो । शुक्रबार सुखीपुर ल्याइएको शव दुई ठाउँमा स्थानीयले विरोध गरेपछि व्यवस्थापन रोकिएको थियो । जिल्लाका विभिन्न स्थानबाट मगाइएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडा सुरक्षा घेरामा शुक्रबार अपराह्न साढे ४ बजे शव व्यवस्थापन गरिएको छ ।
मृतकको शव शुक्रबार बिहान ल्याइएपछि सुखीपुर– ८ मा पर्ने महदेवा, दहीपौडी जाने बाटोमा सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीय युवाहरूले मृतकको पुरानै गाउँ लगेर व्यवस्थापन गर्न माग गर्दै अवरोध गरेका थिए । स्थानीय पत्रकार कृष्णमोहन चौधरीका अनुसार सुखीपुरका जनप्रतिधि र सुरक्षाकर्मीले सम्झाउने प्रयास गरे पनि नमानेपछि सयौँ प्रहरी परिचालन गरी सुखीपुर– ३ र ८ को सीमा क्षेत्रमा व्यवस्थापन गरिएको हो ।


उच्च रक्तचाप र क्षयरोग भएर १८ महिना औषधि सेवन गरेका मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि ६ भदौमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा भर्ना गरिएको थियो । भर्ना भएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा ८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कोरोना पुष्टि भएर विराटनगरमा शुक्रबार मृत्यु भएकी लहान– ९ की ६५ वर्षीया वृद्धाको पनि शव ल्याएरपछि सेनाको टोलीले व्यवस्थापन गर्ने नेपाली सेनाको चोहर्वास्थित शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले बताए । यसअघि मृत्यु भएका चार जनाको सम्बन्धित स्थानीय तहको समन्वयमा मृतकका परिवारको सहमतिमा सेनाकै टोलीले शव व्यवस्थापन गरेको, तर सुखीपुरमा मापदण्ड पुऱ्याएर शव व्यवस्थापन गर्न खोज्दा अनावश्यक विरोध भएपछि जनप्रतिनिधिहरूले पनि दुःख व्यक्त गरेका छन् ।


सिराहामा कोरोना संक्रमितको कारणले मृत्यु हुनेको संख्या ६ पुगेको छ । ८ भदौमा लहान नगरपालिकाका २२ वर्षीय पुरुष, ३ भदौमा मिर्चैया नगरपालिकाका ६० वर्षीय पुरुष, २९ साउनमा विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुष र २२ साउनमा गोलबजार नगरपालिकाका २३ वर्षीय पुरुषको मृत्यु भएको थियो


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२