सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 14, 2077
  • 380 पटक पढिएको


सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सिरहा प्रहरीले सचेतनामुलक कार्यक्रम गर्नुका साथै माक्स वितरण गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको आयोजना कार्यक्रममा भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै माक्स वितरण गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

IMG_20200729_100147
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरु द्धारा चोकःचोकमा सर्वसाधारणलाई सचेत गराईरहेको छ । प्रहरीले जनचेतनाका साथै उनीहरुलाई अनिवार्य रुपमा माक्स लगाउन सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) उमा शंकर पजियारले जानकारी दिए । सकडमा बिना माक्स लगाई मोटरसाईकल, साईकल र पैदल हिडने हजारै जनाभन्दा बढीलाई माक्स प्रदान गरिएको (एसपी) पजियारले जानकारी दिए ।

IMG_20200728_165048

जिल्लामा संक्रमितको संख्या कम नभएकोले सबैलाई अनिवार्य रुपमा मास्क लगाउने बानी पार्नका लागी दबाबस्वरुप यस्तो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंलले जानकारी दिए । संक्रमणबाट आफू मात्र नभई अरुलाइ बचाउनका लागि पनि मास्कले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी कडेंलले बताए ।प्रमुख जिल्ला अधिकारी कडेंलले भने संक्रमणका कारण छिमेकी जिल्ला आक्रान्त बनिरहेको अवस्थामा सिरहाबासी पनि सजह हुन आवश्यक रहेको बताए ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२