शम्भु र राजु सदाको परिवारलाई मुख्य न्यायधिवक्ताद्वारा आर्थिक सहयोग

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 19, 2077
  • 227 पटक पढिएको

विनोद महरा/जनकपुर

प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र उपचारको अभावमा मृत्यु भएका राजु सदाको परिवारलाई प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आर्थिक सहयोग गरेका छन् ।

मुख्य न्यायधिवक्ता दिपन्द्र झा पिडितको घरमै पुगेर जनही २५ हजार रुपियको दरले शम्भु पत्नी मनिता देवी सदा र राजुको आमालाई निलम देवी सदालाई सो रकम हस्तान्तरण गरेका हुन । मुख्य न्यायधिवक्ताले व्यक्तिगत रुपमा यो आर्थिक सहयोग गरेको हो ।

 

आज हंसपुर नपा–७ प्रसाही स्थित राजु सदाको परिवारको अवस्था बुझेको थियो भने सबैला नपा– १२ बरकुर्वा स्थित शम्भु सदाको परिवारको अवस्थाको वारेमा जानकारी लिनु भएको छ ।

शम्भु सदाको हकमा मुख्य न्यायधिवक्ताको कार्यालयले ३ सदस्यी छानवीन समिति समेत गठन गरि छानवीन समेत गरिसकेका छन् ।

शम्भु सदाको न्यायको लागि पहल गरिरहेको र ५लाख क्षतिपुर्ति प्रदेश सरकार दिने घोषणा गरिसकेको छ । शम्भु सदाको पत्नी नागरिकता बनाउने प्रकृया रहेकोले सो रकम पाउन ढिलो भएको हो । नागरिकता बनाउनमा सहयोग गरि दिन मुख्य न्यायधिवक्ता झाले आफ्ना कर्मचारी निर्देशन समेत दिनु भएको छ ।

शम्भुको पत्नीलाई रोजगारको लागि स्थानीय सरकारसँग आग्रह गर्ने बताउनु भयो । आर्थिक, सामाजिक, साँस्कृति र शैक्षिक रुपमा अति नै पछाडि पारेका मुसहर समुदाय हुन । त्यसमा पनि घरको जिम्मेवार छोराहरु गुमाएका परिवारको आर्थिक अवस्था दैनिय छन् । राजु सदाको वुवा अशेश्वर सदा र आमा डेढ धुर ऐलानी जग्गामा सानो झुपडी बनाए गुजारा गर्दै आएका छन् । ३ जना छोरीहरु पालन पोषण, शिक्षा दिक्षा र विवाह वारी अव अशेश्वरको काधमा परेका छन् ।

दैनिक मजदुरी घर परिवार पाल्नु पर्ने भएको अन्य आम्दानीको श्रोत नभएकोले मुख्य न्यायधिवक्ता साउनदेखि कार्यालय सरसफाइ गर्ने कार्यको लागि रोजगारी दिने आश्वासन दिनु भएको छ । रोजगारीको कुरा सुनेर पीडामा रहेका राजु सदाको आमा वुवाको अनुहारमा खुसी देखिएका थिए । गत जेठ २८ गते विहान २ वजेको समयमा इलाका प्रहरी कार्यालयको शौचालयमा शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेलाको थियो ।

प्रहरी हिरासतमा कसरी मृत्यु भएको भनि पीडित पक्षबाट न्यायको लागि दलित समुदायहरुले सोही दिनदेखि आन्दोलनमा छन् । त्यस्तै रोजगारीको क्रममा भारतको मद्रास पुगेका राजु सदाको कोभिड–१९ कारण भारत सरकारले लक डाउन गरेपछि रोजगारी गुमाएका राजु सदा सहित ९ जना गत जेठ १४ गते नेपाल फर्केका थिए ।

नेपाल आएका उनीहरुलाइै सोही दिनदेखि हंसपुर नपाले संचालन गरेको क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा विरामी परेका राजुको प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर असार ९ गते मृत्यु भएको थियो । यस घटनामा पनि दलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम तय गरि आन्दोलन गरिरहेको छ ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२