मासु पसल, दुध डेरीमा अनुगमन

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: असार 19, 2077
  • 256 पटक पढिएको

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले शुक्रवार अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको पशु सेवा कार्यालय मिर्चैयाका संयोजक नागेश्वर हाथीले जानकारी दिए ।

4


अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका अधिकृत युगेश्वर साहले बताए ।
मिर्चैयाको थाना चौक र कटारी चौक सम्म रहेका मासु पसल, दुध डेरी उद्योग संचालित पसलहरुमा अनुगमन गरीएको मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादबले बताए ।

5


अनुगमन टोलीमा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, पशु सेवा केन्द्र मिर्चैयाका संयोजक नागेश्बर हाथी, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, पशु सेवा कार्यालय मिर्चैयाका अधिकृत युगेश्वर साह, मिर्चैया उद्योग बाणिज्य संघ सचिव भरत महासेठ,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैैया नगरपालिकाका कर्मचारी धन्जय महतो,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रतिनिधि,संचारकर्मी लगायत सहभागिता रहेका थियो ।

 


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२