सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 18, 2077
  • 940 पटक पढिएको

 
सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरहाले औरही गाउँपालिका वार्ड न. १ कुण्डलपुर टोलमा आन्दोलनको कार्य तालिका अनुसार बिहिवार बिहान भैसी जुलुस प्रदर्शन गरेकोे छ ।
 
राज्य व्यवस्था तथा सुशासन समितिले संद्दमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरुले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरु प्रति प्रतिगामी र जनचाहना विपरीत रहेको ठहर गर्दै नागरिकता बिधेकको प्रतिलिपी समेत जलाएका छन।
 
सयौँँको संख्यामा जनमत पार्टीका नेताहरुको उपस्तिथिमा गाउँ भरी भैसी डुलाउदै नारावाजी गर्दै कार्यक्रम गरिएको थियो। २०६३र६३ को आन्दोलन लगायत बिगत को दिनमा मधेशी जन्ताले गरेको संघर्ष बाट प्राप्त उपलब्धिलाई कोरोना महामारीको मौका छोपेर यो दुइ तिहाईको नश्लवादी सरकारले मधेसीको अधिकार खोस्न लागेको भन्दै कडा रुपले बिरोध जनाएका छन।
 
 
मधेशी माथि सरकारले गरीरहेको विभेदले नै यो नश्लवादी सरकारको नियत भैसी बराबर भएको युवा नेता दिपेन्द्र यादबले बताउनु भयो । जनता अहिले नजागे फेरी विभेदकारी सरकारले मधेशीलाई विदेशी नागरीक सरह व्यवहरा सुरु गर्ने छ ।
 
लोकतान्त्रि गणतन्त्रमा पनि सरकारले गरेको व्यवहर विभेद मांशिकता रहेको छ । बर्षेको नेपाल भारत सम्बन्धलाई समाप्त गरी मधेशीलाई सीमितमा परी गुलाम बनाउन प्रयास भईरहेको यसका लागि जनता अहिले जागनु पर्ने यादबले बताउनु भयो ।
 
 
 
 
 
 
 


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२