लकडाउनको समयमा गर्भवती, बालबालिका र मजदूरका पीडा कोर्दै सुनैना

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 13, 2077
  • 261 पटक पढिएको

धनुषा, १३ असार । लकडाउनकाे समयमा एक मित्रले अर्को मित्रलाई सोधे, ‘लकडाउनमा कसरी दिन बिताउने गरेका छौ ?’ अर्काे मित्रकाे  जवाफ- ‘म त दिनभर फेसबुक र पेन्टिङ गर्दै घरमा परिवारसँगै बसेँ ।’

झन्डै तीन महिनाभन्दा बढ़ी दिनिदेखि लकडाउन जारी रहँदा जीवन व्यतीत गर्दै आइरहेका आम नेपालीहरुको दिनचर्या नै फरक-फरक ढंगले बितेको छ ।

विश्वव्यापी महामारी काेभिड-१९ को कारण देश अहिले लकडाउनमा छ । यो अवस्थामा खास गर्भवती महिला, बालबालिकाहरु र मजदुरलाई धेरै नै कठिनाइ भएको छ । कलाकार सुनैना ठाकुरले चित्रकला (मिथिला) को माध्यमबाट उनीहरूका पीड़ा, चिन्ता र चुनौतीलाई क्यानभासमा काेरेकी छन् ।

९० दिनभन्दा बढ़ीको लकडाउन अवधिमा ठाकुर आफ्नो गाउँ महोत्तरीको जलेश्वर नगरपालिकास्थित घरमै बसेर चित्रमा रमाइकी रहेकी छन् । लकडाउनबीच गर्भवती महिला, बालबालिकाहरु र मजदुरको पीड़ालाई मिथिला चित्रकलाको माध्यमबाट उनले चित्रण गर्ने प्रयास गरेकी छन् ।

लकडाउनको बेलामा व्यथा लागेको व्यक्तिले एम्बुलेन्सलाई फोन गर्दा पनि पाएनन् । कसैले सहयोग नगरिदिने, हस्पिटल जाँदा पनि राम्रोसँग केयर नपाउने अवस्था अायाे । कोही कसैको घरमा नजाने र एकान्त बस्नुपर्ने जस्ता गैर-सामाजिक क्रियाकलापले गर्दा मानसिक तनाव उत्पन्न भएर कति दिदिबहिनीहरुले ज्यानै समेत गुमाएका छन् ।  यो अवस्थालाई चित्रको माध्यमबाट बाहिर ल्याउन खोजेको ठाकुरले न्यूज २४ लाई बताइन् ।

उनले चित्रको माध्यमबाट मजदुरी गरेर जीविका चलाउने मजदुर, किसान र दैनिक ज्यालादारीमा गुजारा गर्नेहरुको मुख्य चुनौतीलाई सचित्र रूपमा जीवन्तता दिन खोजेकी छन् ।

ठाकुरले एक प्रश्नको जवावमा भनिन, ‘अचानक भएको लकडाउनले यातायात बन्द भयो र दिदी-बहिनीहरु बाहिर फसे ।  यसले धेरै नै समस्या भएको महसुस गरेँ र कोर्न थालेँ चित्र ।’

ठाकुरले महिलाका पीड़ा र व्यथा बयान गर्दै भनिन्, ‘गर्भवती महिलाहरु लकडाउनबीच लामो दूरीकाे बाटो हिँडेर आउनु निकै कठिन थियाे  । हिँडदा- हिँडदै खुल्ला आकाशमुनि बच्चा पाएको अवस्थाको असह्य पीड़ालाई चित्रमा कोर्न मन लाग्यो । झन त्यस्तो बेला अर्कोलाई छुँदा कोरोना नै लाग्ने भयलाई पनि चित्रमा उतार्ने मुख्य चुनौती नै भयो । अनि  प्रयास गरेँ ।’ sunaina 2

उनका पति शम्भू ठाकुरको सहयोगले सुनैना दर्जनाैँ पेन्टिङ गर्न सजिलाे भयाे, लकडाउनमा पनि । सुनैना मिथिला चीत्रकला गर्ने कलाकारको सुचीमा बारम्बार सुनिने नाम हो ।

जापान, अमेरिका, बांग्लादेश लगायत दर्जनाैँ विदेशी भूमिमा गएर आफ्नो कलाको जादू देखाउन सफल सुनैनाले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छिन् ।

लकडाउनले वर्तमान समयमा दिएको चुनौती र समस्याका कारण महिलाहरूले भाेगेका पीड़ाका महत्वपूर्ण अवस्थाहरुलाई चित्रमा कोर्न पाएकोमा आफू खुसी महशुस गरिरहेको सुनैनाले सुनाइन् । source : News 24

 


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२