मिर्चैया नगरपालिकाद्धारा आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिकः शिक्षा जोड दिने नगरप्रमुख यादव

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 12, 2077
  • 1104 पटक पढिएको


गणेश कुमार शर्मा
सिरहा,असाज १२ गते । आर्थिक वर्ष २०७७÷०७८ का लागि मिर्चैया नगरपालिकाले पाचौ नगरसभाबाट ६६ करोड ३० लाख ४८ हजार ४ सय ११ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवले प्रस्तुत गरेको हुन् । सो नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि रहेको हो ।
शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मिर्चैया नगरपालिकाको नगर प्रमुख यादवले बताए । नगर प्रमुख यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।

2 add_1587266208
उत्त कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डिल्ली राम भट्टराईले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साह, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डिल्ली राम भट्टराई, अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा अध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैया नागरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतोले गरेका थिए ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२