अमेरिकामा तराईवासी नेपालीको संस्था एन्टामा तनाव, अध्यक्षको राजिनामा

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 23, 2077
  • 290 पटक पढिएको

अमेरिका । अमेरिकामा बस्दै आएका तराइ मूलका नेपालीहरूको संस्था एशोसियसन अफ नेपाली तराइन इन अमेरिका ९एन्टा०मा अध्यक्ष र अरु पदाधिकारीहरू बीच तनाव बढेको छ । अध्यक्ष अपराजिता झाले संस्थाका पदाधिकारीहरूले असहयोग गरेको भन्दै राजीनामा दिएपछि एन्टाको विवाद सतहमा आएको हो ।


अध्यक्ष झाले राजिनामा दिने बित्तिकै बरिष्ठ उपाध्यक्ष डाक्टर इन्द्र देव साहुले आकस्मिक बैठक गरी संस्थाको नेतृत्वको जिम्मेवारी आफूले बहन गरेको सार्वजनिक गरेका छन् । साहुले अध्यक्षको जिम्मेवारी लिएको इमेल कार्यसमिति र सदस्यहरूलाई पठाउनसाथ अध्यक्ष अपराजिता झाले आफ्नो राजिनामा फिर्ता लिएको र आफू नै अध्यक्ष भएको जिकिर गर्दै अर्को इमेल कार्यसमिति र सदस्यहरूलाई पठाएकी छन् ।

 

केही घण्टा मै अध्यक्ष र बरिष्ठ उपाध्यक्षले अध्यक्ष आफू –आफू नै भएको दावी गर्दै इमेल युद्धमा उत्रिए पछि सदस्यहरूमा अन्यौलता बढेको छ । एन्टासँग ५ सय भन्दा बढि सदस्यहरू छन् ।
एन्टाका प्रवक्ता मोहन यादवले संस्था भित्रको समस्या विधिसम्मत ढङ्गले हल हुने बताएका छन् । दूरबिन नेपालसँग कुरा गर्दै प्रवक्ता यादवले भने “अध्यक्ष अपराजिता झाले राजीनामा दिनु भयो । त्यस पछि विधान अनुसार बरिष्ठ उपाध्यक्ष डाक्टर इन्द्र देव साहुले अध्यक्षको जिम्मेवारी पाउनु भएको छ । अपराजिताले अहिले आएर राजिनामा फिर्ता लिन र अध्यक्षमा दावी गर्न अव मिल्दैन ।” साभार दूरबिन नेपाल


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२