नेपाल जन उतथान प्रज्ञा समाजद्धारा ७ सय ६७ जना विपप्न घरपरिवारलाई राहत सामग्री वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 17, 2077
  • 503 पटक पढिएको

रोहित कुमार मण्डल
सप्तरी(कुशहा ) जेठ १७ गते । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले नियन्त्रण तथा रोकथामका लागि गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका , बलान बिहुल गाउ पालिका , सिरहाको लहान नगर पालिका ५ तथा सिरहा नगर पालिका ५ रमौल टोलमा नेपाल प्रज्ञा जन उत्थान प्रज्ञा समाज सप्तरीले ७ सय ६७ जना विपप्न घर परिवारका लागि राहत सामग्री वितरण गरेको छ ।
नेपाल जन उत्थान प्रज्ञा समाजका कार्यकारी निर्देशक मोहम्द कलामुद्धिको अध्यक्षता तथा अगुवाई सुरुङ्गा नगर पालिका ५ मुस्लिम टोलमा १ सय ६ घरधुरी, सुरुङ्घा नगर पालिका ९ मा १ सय १० घरधुरी , सुरुङ्गा नगर पालिका वडा नम्बर १० थल्हामा र वडा नम्बर ८ सम्सेरपुरमा गरी ६५ घरधुरीलाई राहत वितरण गरेका छन् ।
यस्तै बलान बिहुल गााउ पालिका ४ बेल्हीमा ६० घरधुरी तथा सिरहा नगर पालिका ५ रमौल मुस्लिम टोलमा १ सय ५१ घरधुरी र लहान नगर पालिका ५ खुटिटोलमा २२ घरधुरीलाई राहत वितरण गरेको नेपाल जन उत्थान प्रज्ञा समाज सप्तरीका अध्यक्ष मोहम्द अलाउद्धिनले जानकारी दिनुभयो ।
लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहााका दलित तथा अति विपप्न घरपरिवारका लागि राहत सामग्री स्वरुप चामल ५ केजी।, दाल १ केजी,स्वाविन ५०० ग्राम, खानेतेल ५०० ग्राम,भुजा ३ केजी वितरण गरेका छन् । मुस्लिमहरुको महान पर्व इदका लागि ५ केजी चामल, सेवय २ केजी चाना –बदाम० १ केजी र चिनी १ केजी वितरण समेत गरेका थिए । राहत पाएपछि गरिब तथा विप्पन परिवार खुशिले गदगद भएका छन् ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२