एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 17, 2077
  • 217 पटक पढिएको

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब्रदर्स मिडिया हाउस सिरहाको बारे सम्प्रेषण गरेको सामाग्रीको बारेमा तीन दिनको अवधिमा स्पष्टिकरण नबुझाएपछि काउन्सिलले ताकेता पत्र काटेको हो ।

एभीन्यूज टेलिभिजनले झा ब्रदर्स मिडिया हाउसको बारेमा प्रशारण गरेको तथ्यहिन समाचारबारे प्रेस काउन्सिल नेपालले माग गरेको स्पष्टिकरणको समय सीमा समाप्त भएपछि काउन्सिलले पुनः ताकेता गरेको हो ।

झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानका सञ्चालक शितल झाले एभीन्यूज टिभीले भ्रामक र तथ्यहिन समाचार प्रशारण गरेर मानहानी गरेको भन्दै कारवाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए । त्यसलगत्तै काउन्सिलले गत ९ गते एभीन्यूजसँग तीन दिनभित्र स्पष्टिकरण मागेको थियो । तर, एभीन्यूजले हालसम्म स्पष्टिकरण दिएको छैन ।

ताकेता पत्रमा भनिएको छ, ‘यस काउलन्सिलबाट यहाँ तहाँ प्रेषित चलानी नं. ११०६ मिति २०७७/०२/०९ गतेको पत्रमा जवाफ हालसम्म प्राप्त नभएकोले अविलम्ब जवाफ पेश गर्न ताकेता गरिएको छ ।’ गत बैशाख २६ गते झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपकरण ल्याउन प्रेस लेखिएको गाडीसहित काठमाडौं गइरहेको विषयलाई मानहानी हुने तरिकाले एभीन्यूजले रिपार्ट प्रशारण गरेको थियो ।

काठमाडौं जाने क्रममा काभ्रेपलाञ्चोकको सांगास्थित एभीन्यूजले गाडीमा प्रेससमेत लेखिएको भएपनि र सो गाडीमा सवार रहेका झा ब्रदर्सका अध्यक्ष सितल झाले रेडियोको लागि उपकरण ल्याउन गइरहेको बताउँदा समेत प्रेसको गाडीमा यात्रु ओसारपोसार गरिरहेको भनेर सामाग्री सम्प्रेषण गरेको थियो । लकडाउनमा सामाजिक दुरीलाई दुष्टिगत गर्दै उनीहरु चारजना मात्रै सवार भएर काठमाडौंका लागि हुइँकिएका थिए ।

लामो दुरी भएकाले दुई जना चालक र अध्यक्ष झासहित रेडियोका लेखा गाडीमा सवार थिए । गाडी सांगामा जाममा परेपछि स्थलगत रिपोर्टिंगमा रहेका एभीन्यूजका केदार कोइरालाले यात्रु ओसारपोसार गरिरहेको भनी भिडियो लिएको र प्रेस प्रमाणपत्र देखाउँदासमेत भ्रामक रिपोर्ट प्रशारण गरेको झाले बताए । सबै प्रमाण देखाउँदासमेत एभीन्यूजले टिआरपीकै लागि जबर्जस्ती मानहानी गरेको झाको आरोप छ । गलत र भ्रामक रिपोर्ट प्रशारण गरेर आफ्नो मिडिया हाउसको लोकप्रियतामा गम्भीर अवरोध पुर्याएको उनको गुनासो छ ।

अध्यक्ष झाले भने, ‘काउन्सिलको कदमले हाम्रो घाउमा मल्हम जस्तो भएपनि एभीन्यूजले गरेको गलतीको सजाय भने ‘स्पष्टिकरण’ले मात्रै पुग्दैन, जबसम्म कानुन बमोजिम कारवाही गरिन्न, तबसम्म पित्त पत्रकारित गर्नेहरु भयभित हुँदैनन् । प्रेस काउन्सिलले कारवाही नगरे अर्को विकल्पमा जान्छु, तर छोड्दिन ।’ यो घटनाले काठमाडौंको मिडियाले मोफसललाई मिडिया नै नगन्ने प्रवृति नांगिएको छ ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२