प्रतिबन्धित लागुऔषध र गुट्खासहित एक युवक पक्राउ

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 12, 2077
  • 884 पटक पढिएको

सिरहा,जेठ १२ गते । लकडाउनका वेला पनि भारतबाट प्रतिबन्धित लागुऔषध र गुट्खा नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरले एकजनालाई पक्राउ गरेको छ ।

सिराहा नगरपालिका– १७ लचकाटोलमा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषध र गुट्खा गएराति बरामद गरेको छ । हावाहुरी चलिरहेका वेला लचकाटोलका २० वर्षीय विजयलाल पासवान लागुऔषध कोरेक्स र विभिन्न नामका गुट्खा ल्याउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए ।

पक्राउ परेका पासवानसँग बोरामा राखिएको ८० बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स, राजनिवास गुट्खा एक सय ६८ प्याकेट, बिगबोस गुट्खा २९ प्याकेट र ठूलो अगरबत्ती १७ प्याकेट बरामद भएको प्रहरी उपरीक्षक कँडेलले बताए । बरामद गरिएको गुट्खा ४३ हजार पाँच सय मूल्यको भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गुट्खा सिराहा भन्सार कार्यालयमा बुझाइएको र लागुऔषध कोरेक्ससहित पासवानलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गर्न बुझाइएको प्रहरी उपरीक्षक कँडेलले बताए । लकडाउनका वेला सिराहामा लागुऔषध कारोबारी र सेवनकर्ता लागुऔषधसहित पक्राउ पर्दै आएका छन् ।source :enayapatrika


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२