वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 11, 2077
  • 299 पटक पढिएको

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम्भिर ध्यानआर्कषण भएको छ ।
लक डाउनको फाइदा उठाउँदै वन कर्मचारीकै मिलेमत्तोमा तिव्ररुपमा चुरे उत्खनन भईरहेका खबर झुठा रहेको डिभिजनल वन अधिकृत सूभाष चन्द्र दासले बताए ।
घुर्मि किनार सामुदायीक वन गोलबजार नपा १० क्षेत्रमा पर्ने नथुनिबाँध मर्मत गर्ने नाममा ढिस्को फोडेरै गिट्टी माटो निकाल्ने गरेको भनिए पनि कुनै किसिमको वन कार्यालयको संलग्नता नरहेको बताए ।

atikarman
सामुदायिक वन क्षेत्रलाई चुरे वन भनेर यसरी समाचार ल्याउनु लगत हो तर वास्तविकता बुझी सही सत्य तथ्य लेख्नु पर्ने बताए ।
सिरहा क्षेत्र नंं ३ का प्रदेश सासंद रामकुमार यादवको संसदिय विकास कोषको रकमबाट गोलबजार नपा १० मा बाँध मर्मत र सडक विस्तार तथा स्तरोन्नतीको लागि सामुदायिक वन भित्र पर्ने सडक छेउबाट डिस्को खनी माटो उत्खन्न गरेको हो खबर पाए लगतै वन कर्मचारीहरु गई उक्त कार्यलाई रोकेको हो । वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासले बताए ।
यता सामुदायिक वन ,चुरे वन क्षेत्रमा स्थायी रुपले बसोबास गरेकोले वन क्षेत्र तथा निजिआवादी एकिन गर्न ग्राहो भएको बताए ।
पटक पटक जिल्ला भित्रका वन अतिक्रमण हटाउनको लागी पहल गरेपनि त्यो सफल हुन सकेको छैन । सिरहा जिल्लामा मात्र नभई अन्य जिल्लामा वन अतिक्रमण व्यापक गतिमा भई रहेको भएतापनि अतिक्रमण हटाउन वनले मात्र नसकने र यसलाई हटाउन सबै सरोकारवालाहरुको सयोग र साथले मात्र हटाउन सकने प्रमुख दासले बताए ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२