महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 10, 2077
  • 255 पटक पढिएको

संजय विश्वकर्मा

लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फेरी राहत वितरण भएको छ । लहान नगरपालिका वडा नम्बर– २१ मोतिपुरको बिपन्न बस्तीमा आज राहत वितरण भएको हो । ३५ बिपन्न परिवारहरुलाई आज राहत बितरण गरेको सामाजसेबी महेश चौधरीले जानकारी दिनुभयो । १० किलो चामल , १ पोका नुन , १ पाकेट तेल बितरण गरेको हो । यसैबिच हिजो शुक्रवार लहान नगरपालिका वडा नम्बर– २० हरिनगरामा ४० घर परिवारलाई राहत बितरण गरेको संगिता कर्माचार्यले बताए । लोकसेवाका लागी दिनरात खटने यी जोडीलाई दुई दिनको राहत वितरणमा जय सिंह , भोगेन्द्र यादव ,उमेश साह , माखन भोग स्विट हाउस लहान , एपोलो ऊँ ईङ्गलिश बोर्डिङ्ग स्कुल लहानले साहयोग गरेको महेश चौधरीको फेसवुक स्टाटसमा उल्लेख गरिएको छ । भोलि आईतवार लहान २० हरिनगरा टोलमा राहत वितरण हुने जनाईएको छ । हरिनगरा टोलमा राहत बितरण गर्न जाँदा त्यहा बिपन्नको संख्या बढेका कारण छुटेका बिपन्नहरुलाई पुनः राहत बितरण गर्ने जनाईएको छ । हरिनगरामा भोली हुने राहत वितरणमा वडा नम्बर– २० का वडा अध्यक्ष गणेश चौधरीले पनी आफनो ब्क्तीगत रुपमा सहयोग गर्ने समाजसेबी महेश चौधरीका नजिकका मित्र दिपेन्द्र सिंहले जनाए । निरन्तर समाजसेबा गर्ने जोडीद्धय आजभोली निकै चर्चामा रहेको लहानका बुद्धिजिबीहरु बताउँछन । अहिलेको अबस्थामा यस्ता मनकारीहरुको खाँचो रहेकोले सम्पन्न बर्गलाई गरिब बिपन्न बस्तीमा सहयोग गर्न जानुपर्ने मानबअधिकारकर्मी राजकुमार राउतले बताउनुभयो ।


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२