कालोबजारी गर्ने हार्डवेयर व्यवसायी लाखरुपैयाँ धरौटीमा छुटे

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 9, 2077
  • 186 पटक पढिएको

सिरहा,जेष्ठ ९ गते। निर्धारित मूल्यभन्दा बढी रकम लिएर सिमेन्ट बेचेको भन्दै प्रहरीले शुशिल हार्डवेयर, गोलबजार नपा ४ को गोदाम शिल गरेको छ । लक डाउनको मौका छोपेर स्थानीय सेवाग्राहीसँग महगो मूल्यमा सिमेन्ट र छड बेचेको सूचनाको आधारमा प्रहरीले गोलबजार उद्योग व्यापार संघ गोलबजारको रोहवरमा गोदाम शिल गरेको हो ।
शिल वन्दि पछि आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले हार्डवेयरका संचालक धनपति महतोलाई एक लाख धरौटी लिएको बताइएको छ । जिल्ला प्रमुख अधिकारी सरोजराज गुरागाइँले आवश्यक अनुसन्धान भईरहेकोले अहिलेलाई धरौटीमा छोडीएको बताए । अनुसन्धान प्रकृया पुरा भएपछिमात्र शिलबन्दि खुल्ने बताए ।
संचालक महतोले लकडाउनको अवधिमा मारुती सिमेन्टमात्र ४ हजार ९ सय बोरा विक्रि गरेको उद्योग प्रशासनले जनाएको छ । लक डाउनको समयमा विभिन्न सामाजिक तथा सरकारी कार्यकोलागि उद्योगले सीमेन्ट उपलब्ध गराएको बेला उनले आफै अध्यक्ष रहेको कुसवाहा धर्मशाला निर्माको नाममा समेत एक हजार ४ सय बोरा सीमेन्ट ल्याएर विक्रिगरेको बुझिएको छ । तर उनले काम गरेर उब्रेको सयबोरा सीमेन्टमा ल्याएर पछि फिर्तागर्ने गरी बेचेको बताए ।
उनले कुशवाह धर्मशालाको सीमेन्ट विग्रिने अवस्था आएपछि आफूले ल्याएर वेचेको बताए । महतोले सहज ढंगले सीमेन्ट उपलब्ध हुन थालेपछिमात्र आफूले ल्याएर बेच्न थालेको सुनाए । तर, उद्योगलेभने शुशिल हार्डवेयरको नाममा प्रोजेक्टको नाममा पनि आएको बताइएको छ ।
लक डाउनका अवधिमा गोलबजारका हार्डवेयर पसलेहरुले व्यापक रुपमा कालो बजारी गरेको गुनासो छ । उनीहरुले सीमेन्ट, छड, जस्ता लगाएतका निर्माण समाग्रीमा अत्यकित मूल्य लिई बेच्ने गरेको गुनासाहरु छन् ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२