जिरोमाईलमा कभर्ड हल बन्ने भो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 6, 2077
  • 1312 पटक पढिएको

सिरहा,जेठ ६गते । वर्षौदेखि कभर्ड हलको अभावमा आफ्नो इण्डोर खेलकुदलाई नियमितता दिइरहेको सिरहा धनगढीमाई नगरका खेलप्रेमीहरुले अबको केही महिनापछि व्यवस्थित खेलकुदको लागि कभर्ड हल पाउने भएका छन् ।


सामाजिक दूरी कायम राख्दै आज धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित जिरोमाइलमा नगरप्रमुख हरिनारायण चौधरीले कभर्ड हलको आज विधिवत् रुपमा शिलान्यास गरेपछि कभर्ड हलको परिकल्पना गरेको धनगढीमाई नगरपालिकाका खेलप्रेमीहरुको सपना पूरा हुने भएको हो ।
सन्ताउन्न फिट चौडाई र सय फिट लम्बाई रहने गरी निर्माण कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको कभर्ट हलको निर्माण कार्य तत्कालै शुरु हुने कभर्ड हल निर्माण समितिका अध्यक्ष सुरेश लामाले बताउनुभयो ।
प्रदेश सरकारको सशर्त अनुदान रकमबाट पचास लाख खर्चिने गरी निर्माण कार्य शुरु भएको कभर्ट हलको निर्माण कार्य पूरा गर्न झण्डै एक करोड रकम लाग्ने बताइएको छ । धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले सरकारले लागू गरेको लक डाउनको पूर्ण पालना गर्ने गरी कभर्ड हल निर्माण कार्य तत्कालै शुरु हुने बताउनु हुँदै कभर्ड हल सम्पन्न गर्न थप आर्थिक सहयोगको लागि सहयोगी हातहरुलाई आग्रह गरिने बताउनुभयो ।
कोभिड १९ को महामारीको कारण आज गरिएको शिलान्यास कार्यक्रममा नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फुलकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, वडा नं. ९ का अध्यक्ष प्रकाश योन्जन तथा प्रतिनिधिमुलक खेलप्रेमी, बुद्धिजीवी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२