गम्हरियाका युवाहरु चन्दा संङ्कलन गरी बिपन्न परिवारलाई राहत बाडे

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 5, 2077
  • 177 पटक पढिएको

संजय विश्वकर्मा
लहान,जेष्ठ ०५ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ गम्हरीया टोलका युवाहरुद्धारा रामजानकी मन्दिरको प्राङ्गनमा सोमबार राहत वितरण भएको छ । रिङ्केश यादब , अमोद यादव लगायतका मनकारी १० जना युवाहरुको एक समुहले सम्पन्न बर्ग संग चन्दा संङ्कलन गरी बिपन्न बर्गमा राहत बाँडेको हो ।
पहिलो चरणमा २० बिपन्न घरपरिवारहरु छनौट गरी उनिहरुलाई प्रति परिवार ५ किलो चामल , २ किलो आलु , १ किलो प्याज , २ किलो आटा , १ पाकेट नुन , १ पाउ स्वाबिन लगायतका राहत सामग्री बितरण गरेको एक जना मनकारी युवा दिपेन्द्र यादबले जानकारी दिनुभयो ।
राहत पाउने एक जना बिपन्न शिवु सदायले भने सरकारले जारी गरेको लकडाउन राम्रै हो’ महामारीबाट बँच्न लकडाउनको महत्वपुर्ण भुमिका हुन्छ ,तर हामी जस्तो गरीब मान्छे सबै भन्दा बढी लकडाउन प्रभाबित भएको उनले बताए । न जग्गा छ न जमिन हामी के खाने रु काम गर्न जान्छु प्रहरीको डर हुन्छ , लकडाउनमा हामी जस्तो गरिबलाई दैनिक छाक टार्नलाई धेरै नै समस्या भएको उनको भनाई रहेको थियो ।
त्यस्तै सोही वडा लवटोलीका रामप्रसाद चौधरीले मनकारी युवाहरुलाई धन्यबाद दिदै गरिबहरुका लागी सरकारलाई राहतको छुट्टै प्याकेज ल्याउन आग्रह गरेका छन । मजदुर गरिबलाई चामलले मात्र हुदैन , केहि पैसाको ब्यबस्था पनी ब्यबस्था गर्न सरकारको ध्यानआकर्षन गराएका छन ।’ उनले भने– घरमा कोई बिमारी हुदाँ पैसाको आब्यश्कता भएकोले राहतका लागी मासीक केहि नगदको ब्यबस्था गर्न सारकार संग उनले माग गरे ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२