शहिदनगरका दिर्घरोगीहरु लाई निशुल्क औषधी नगरपालिकाको तर्फ वाटै

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 4, 2077
  • 183 पटक पढिएको

जनकपुरधाम, जेठ ४ : धनुषाको शहिदनगर नगरपालिकाले नगरभित्रका दिर्घरोगीहरुको समस्यालाई मध्येनजर गर्र्दै स्वास्थ्य संस्थाहरुवाटै निशुल्क औषधी वितरण सुरु गरेको छ । जेष्ठ पाँच गते सम्म स्वास्थ्य सेवा वाहेक सवै सेवा बन्द गरेर नगरपालिकाका मेयर उदय कुमार यादव बरबरियाले औषधी वितरण सुरु गरेका हुन ।

सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरु जस्तै टिबी (क्षयरोग), क्यान्सर, दम्मा, ब्लड प्रेसर, मधुमेह (चिनीरोग) लगायतका रोगीहरु औषधी अभावमा समस्यामा परेपछि नगरपालिकाले नै निशुल्क औषधी व्यवस्थापन गरिदिएपछि विरामीहरु खुसी भएका हुन । लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्यावयश्क औषधीको अभावमा स्वास्थ्य अवस्था झन खराव हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधी मगाइ दिएका हुन ।

लकडाउनको पालना गरे मात्र कोरोनाको सँक्रमण रोकथाम गर्न मदत पुग्ने तर लकडाउनमा पनि अति आवश्यक औषधी एकदमै जरुरी रहेको र सजिलै उपलब्ध हुने नभएकाले नगरभित्रका त्यस्ता रोगीहरुलाई सहयोग गर्ने दायित्व समेत आफनो रहेको प्रमुख बरबरियाको भनाई छ । केहि औषधीहरु जनकपुरमा नभेटाए पछि काठमान्डौं सहितका स्थानहरुवाट मगाउनु पर्ने बाध्यता रहेको तर सो काम गर्न ग्रामिण जनता असमर्थ रहेकाले समेत उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरिएको उनको भनाई छ ।

 

उनले नगरभरिका यस्ता असमान्य रोगीहरुको औषधी नपाउने अवस्था सृजना भएपछि नगरपालिकाको कोषबाट औषधी ल्याएर वितरण गरिएको बताए । दीर्घ रोगीहरुले मूल्य तिरेर पनि अहिलेको समयमा औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने निर्णय गरेको थियो । घरमै बसेर लकडाउनको पालना गर्न र सावधानी पुर्वक ओषधी लिएर जान आग्रह गर्दै मेयर बरबरियाले स्वास्थ्य शाखालाई सेवाको लागि हार्दिक धन्यवाद दिएका छन् ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२