सिरहामा लकडाउनमा थप कडाई,आवागममा पूर्ण रुपले रोक

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 1, 2077
  • 559 पटक पढिएको

सिरहा,जेठ १ गते । प्रदेश २का अधिकांश जिल्लामा संक्रमित संख्या बढदै गएपछि सिरहामा आज देखी लक डाउनमा थप कडाई भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधज्ञा जारी गर्दै आज देखी लक डाउनमा थप कडाई गरिएको छ ।
पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो।
कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।
केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ।
अर्को जिल्लाबाट आउने बिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।
अत्यावश्यक ९स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स० बाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ ।
यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।
सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताए ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२