नरहामा राहतमा विभेद, हुनेखानेले पाए राहत

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 31, 2077
  • 222 पटक पढिएको

सन्दीप यादव
मिर्चैया,बैशाख ३१ गते ।सिरहाको नरहा गाउँपालिका–१ देविपुरका मुसहर समुदायका एक समूह राहत वितरण भइरहेको सुनेर वडा कार्यालय पुगे ।
राहत पाउने आशमा घरको सारा कामकाज छाडेर गएका उनीहरुलाई रित्तै फर्कनु पर्यो । ‘राहत पाउने भनेपछि दिनभरी बसेँ,’ एकजनाले भने, ‘तर, अन्तिममा नागरिकता छैन भनेर त्यत्तिकै फर्काए ।
उनीहरुसँग हालसम्म नागरिकता छैन । पुस्तौंदेखि त्यहीँ बसोबास गर्दै आएपनि नागरिकता नभएकै कारण आफूहरुले राहत नपाएको उनीहरुको गुनासो छ ।

उनीहरु ज्याला मजदुरी गर्छन् । लकडाउन लिम्बिएपछि काम पाएका छैनन् । ‘काममा जान नपाएको झन्डै डेढ महिना भयो,’ एकजनाले भने, ‘घरमा खान पनि गाह्रो भयो ।’ राहत वितरण भएको दिन रित्तै फर्कनु परेपछि अर्को दिन फेरि उनीहरु वडाध्यक्ष अशोक साहलाई भेट्न पुगे ।

तर, साहले वास्तै नगरेको उनीहरुको दुखेसो छ । आफूहरुलाई भेट्न बोलाउन तर, जाँदा वडा कार्यालयमा ताल्चा झुन्ड्याएर त्यहाँबाट वडाध्यक्ष गायब हुने गरेको एकजनाले बताए ।

सरकारले बिहान बेलुका छाक टार्न धौ धौ पर्नेलाई मात्र राहत दिन भने पनि हुने खाने र टाठा बाठालाई राहत दिइएको उनीहरुले गुनासो गरे । आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरी गरेर जिविका चलाउने, असक्त र विपन्नलाई राहतको प्राथमिकतामा राखिनुपर्नेमा पार्टी विशेषलाई प्राथमिकता दिइएको स्थानीयहरुको आरोप छ ।

नरहा गाउँपालिकामा हालसम्म वितरण भइसकेको अधिकांश राहत हुने खाने परिवारमै गएको देखिएको छ ।यस विषयमा हामी वडा अध्यक्ष संग सम्र्पक गर्न खोजे तर सम्र्पकमा आउन सकेन ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२