महामारीको बेलामा जनताको साथमा समाजसेवी यादव

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 31, 2077
  • 159 पटक पढिएको

अमित ठाकुर
रौतहट,बैशाख ३१ गते। बिश्वब्यापी फैलिएका नोबेल कोरोना भाईरसमा आज ५० अौं दिनको लकडाउनमा नेपाल कोरोना संक्रमितको संख्या २०८ पुगेका छन्। संक्रमितको संख्या बढ्दै जाँदा यसबाट बाच्न स्वरुप फेस सिल्ड र ग्लवस गौरी संकर यादव फाउन्डेसन द्वरा समाजसेवी मोहन यादवले गौरका सबै पस्लेहरुलाई बितरण गरेको हो। सदरमुकाम रहेका पसलहरुलाई बिना कुनै सेफ्टी कै पसल संचालनमा ल्याएको हेर्दा समाजसेवी यादवले आफै गौरको पसलहरुमा पुगी पसल संचालकलाई फेस सिल्ड र ग्लवस हस्तान्तरण गरेको हो।समाजसेवी यादव आफै नेपाल भारत सिमा पर्ने गौर भन्सार नजिकबाट संचालन भएको पसलहरुमा फेस सिल्ड र ग्लवस बितरण गर्दै बरहवा पुल हुँदै बि।पी चौकमा रहेको पसलहरुमा पुगेको थियो।महामारीको बेला नगरका जन्ताहरुलाई कसरी सुरक्षित राख्ने भने जनप्रतिनिधिले नगरेको खण्डमा समाजसेवी यादवले आफै नगरका जन्ताको पीडा आफ्नै पीडा बुझि सदरमुकाममा रहेको पसलहरुमा फेस सिल्ड र गलवस बितरण गरेको हो। जन्ताकै भोटले जितेका केही जनप्रतिनिधिले आफ्नो जन्तालाई सुरक्षित कसरी राख्नेमा जोड नदिदा समाजसेवी यादवले आफै सडकमा उत्रिएका छन्। यस्तो दुस्खद घडीमा जन्ताहरु दुस्ख साथ नदिए कहिले दिन समाजसेवी यादवले भनेको हो। यस भन्दा पहिला समाजसेवी यादवले गौर नगरपालिकालाई ३३५ क्लोरिन सहित ४५० किलो सेनिटाईजर र ५० किलो जनपथ प्रहरी र ५० किलो शस्त्र प्रहरीलाई हस्तान्तरण गर्नु भएको थियो। स्थानीय सरकार संग बजेट हुँदा पनि ५० अौं दिनको लामो लकडाउनमा अहिले सम्म १० किलो चामल,दाल,नुन, खाने तेल बितरण गरेको हो। १ हप्ता पनि नचल्ने रासन बितरण गर्दा आज लकडाउनको ५० अौं दिन पुगिसकेको र गरिव जन्ता बाकी दिन के खाएर गुजारा चलाईरहेको सम्बन्धमा हेर्न पनि नगएको समासेवी यादवले भनेको हो।


एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

भोक र उपचार वीना नागरिकको मृत्यु– मानवअधिकारकर्मीहरुको दावी

जनकपुर । जेठ १५ गते कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि वढदै जाँदा ख

बैदेशिक रोजारमा रहेका युवाको आर्थिक सहयोगमा राहत वितरण

सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिमा बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमाअति विपन्न परिवा

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२