ब्याप्त कालो बजारीको गुनासाहरु बढेपछी गोलबजारमा बजार अनुगमन, एक उद्योगमा सिल

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 27, 2077
  • 306 पटक पढिएको

संजय यादव,गोलबजार, बैषाख २७ गते
लकडाउनले अस्तब्यस्त भएको अवस्थामा बजारमा ब्याप्त कालो बजारी बढेको जनगुनासा पछी सिरहाको गोलबजारमा आज शुक्रवार देखि बजार अनुगमन शुरु भएको छ । बजार अनुगमनको पहिलो दिन शुक्रवार एक जना ब्यापारीले नियम विपरित राईस मिल संचालन गरेको पाएपछी गोदाम सिल गरेको छ भने दर्जन जति पसलमा अनुगमन गरी चेतावनी सहित सल्लाह सुझाव दिई सुधार गर्ने अवसर प्रदान गरेको उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले बताए । बजारमा दररेट अनुसार समानहरु बिक्री बितरण भएको ÷नभएको, म्याद गुज्रेको सामानहरु बिक्री बितरण, लकडाउनको पालना, नियमानुसार ब्यबसाय संचालन, अखाध्य बस्तुहरुको बिक्री बितरण भएको ÷नभएको जस्ता कुराहरुलाई मध्यनजर गर्दै बजार अनुगमन गर्न लागेको गोलबजार नगर प्रवक्ता उमेश बरालले बताए ।
गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वमा गरेको बजार अनुगमनमा उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवाल, उपाध्यक्ष आनन्द कुमार यादव, प्रवक्ता सोयव अनवर, गोलबजार नगर प्रवक्ता उमेश बराल, जिल्ला उद्योग बाणिज्य संघ लहान, सिरहाका बरिष्ठ उपाध्यक्ष दीपक नायक, सुनचाँदी व्यवसायी संघका संदीप अग्रवाल, ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख ईन्सपेक्टर जनक पुरी, सशस्त्र प्रहरी सुरक्षा बल गोलबजारका प्रहरी ईन्सपेक्टर कृष्ण पौडेल, पत्रकार संजय यादव, गणेश साह लगायतको सहभातिा रहेको थियो । शुक्रवार गोलबजार नगरपालिका वार्ड नं ६ लोकमार्गको उतर र शनिबार वार्ड नं ४ दक्षिण तिर हुने अनुगमन समितिले जनाए ।
लकडाउनको मौका छोपी ब्यबसायीहरु खुलेयाम कालोबजारीमा उत्रेको जनगुनासा बढेपछी अनुगमन कार्यलाई प्रभावकारी बनाउदै त्यस्ता कालाबजारी गर्ने र अखाध्य बस्तुहरु बिक्री बितरण गरी सोझासाझा उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड गर्ने जो कोहीलाई पनि काडा कार्यबाही चलाउने समेत ब्यापार संघ अध्यक्ष भरत अग्रवालले प्रतिबद्धता जनाए । अध्यक्ष अग्रवालले खास गरी सिमेन्टमा कालोबजारी भईरहेको गुनासाहरु आएकोले निगरानी पनि बढाएको समेत बताए ।
विश्वमहामारी कोरोना भाईरस(कोभिड १९) नियन्त्रणको लागि गरेको लकडाउनको शुक्रवार ४६औं दिन पुग्दा बल्ल बजार अनुगमन शुरु भएको छ । लकडाउनले अस्तब्यस्त भएको बेला पनि ब्यबसायीहरु कालो बजारीमा चुर्लुम्म डुबेको गुनासा बढदै गएको चौतर्फी आवाज उठदै गरेको छ । प्रभावकारी बजार अनुगमन समय समयमा सरोकारवाला निकायहरुले निरन्तरता गर्दै गर्नुपर्ने स्थानियहरुको भनाई रहेको छ । म्याद गुज्रेको सामानहरुलाई गोलबजार नगर कार्यपालिकाको कार्यालय प्राङगनमा ल्याई नष्ट गरेको छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२