कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्नःमिर्चैया नगरपालिकाको नगर प्रमुख यादब

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 26, 2077
  • 297 पटक पढिएको


सिरहा, बैशाख २६ गते । लकडाउनको अवस्था कालोबजारी र मिसावट बढदै गएकोले सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा दूध तथा दुग्धजन्य पदार्थ, चामल, दाल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चकलेट, चियापत्ती र कफी, चिसो पेय पदार्थ, औषधि पसल, तरकारी, खानेतेल ,खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको छ ।
मिर्चैया नगरपालिकामा संचालित किरण पसल, तरकारी पसल, औषधि पसल अन्य पसललाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिकाद्धारा अनुगमन गर्दा मिर्चैयामा पसलहरु बिना दर्ताको संचालनमा रहेको मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादबले बताए ।
त्यसै गरि मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादबले भने विश्वव्यापी रुपमा फैलिएको नोवेल कोराना भाइरस रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको अवस्थामा कुनै किसिमको कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने ।
अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, मिर्चैया उद्योग बाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार महतो, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) विरेन्द्र लम्साल,मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,कर्मचारीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२