तरकारी बजार व्यवस्थापन गर्न सांसद साहको माग

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 26, 2077
  • 195 पटक पढिएको

 

सिरहा,बैशाख २६ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी लकडाउनका कारण कमला नदीको बगरमा फलफुल र तरकारी खेति गर्दै आएको किसानको लाखौंको लागत डुब्न लागेको भन्दै सांसद दिलीप साहले बजार व्यवस्थापनको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै २ नम्बर प्रदेश सभा सदस्य यादवले संघ, प्रदेश र सम्बन्धित स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सिराहा जिल्लाका कमला नदीसँग जोडीएका विभिन्न नगरपालिकाका किसानहरु कमला नदीको बगरमा फलफुल तथा तरकारी खेति गर्दै आएको र उनहरुले हजारौं बिगाहामा लगाएको कृषि उपजको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने सांसद साहको माग छ ।

‘कर्जन्हा, कल्याणपुर ,सिराहा लगायत नगरपालिकाका किसानहरुले लगाएको तरबुजा, काँक्रो, करेला लगायत फलफूल तथा तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ । यस क्षेत्रमा उत्पादित वस्तु काठमाडौं र पुर्ब इटहरी पुग्ने गरेकोमा यसवर्ष लकडाउनका कारण बिक्री गर्न सकिएको छैन । किसानको मेहनत र लगानी र खेतमै नष्ट हुने जोखिम बढेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सांसद साहको विज्ञप्तिमा जनाइए अनुसार कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा तरबुजा, काँक्रोको खेती भइरहेको र खेति नस्ट हुने स्थितिमा छ । ‘उक्त लगानी डुब्ने हो भने किसानहरुले श्रणको भारी बोक्नुपर्ने हुन्छ । संघीय सरकार, प्रदेश सरकार लगायत सम्बन्धित सबै तहसँग समयमै बजार ब्यबस्थापन गरी क्षतिको हिसाबले राहत उपलब्ध गरिदिन जोडदार माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२