नरहा गाउँपालिकाद्धारा गरिब तथा विपन्न परिवारलाई राहत वितरण शुरु

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 23, 2077
  • 62 पटक पढिएको

सिराहा,बैशाख २३ गते । विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएका नरहा गाउँपालिकाका अध्यक्ष राम शरण यादबले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई छाक टार्न समस्या परेको छ ।
यस्तो अवस्थामा ती परिवारका लागि नरहा गाउँपालिकाले राहत खाद्यान्न सामग्री वितरण गरेको हो । ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबको अगुवामा नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्ममा खाद्यान्न सामग्री वितरण बितरणको कार्य शुरु गरेको छ ।
नरहा गाउँपालिकाका अध्यक्ष यादवले भने नोवेल कोराना भाइरसले मुलुकसहित विश्व नै सङ्कटमा रहेको बेला सामाजिक एकता कायम राख्नुका साथै गरिब परिवारलाई खाना खान समस्या परेकोले सहयोग गरेको छु ।
राहतमा प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल,५ किलो आलु, १ लिटर खाने तेल, १ किलो नुन वितरण गरेको नरहा गाउँपालिकाका प्रशासकिय अधिकृत सुमित्रा लामाले जानकारी दिनुभएको छ । प्रशासकिय अधिकृत लामाको अनुसार नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्ममा जम्मा २ हजार ७ सय बिपन्न परिवारको नामाबलि छनौट भएको समेत बताए ।

 


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२