ट्रष्टद्वारा निःशूल्क घुम्ती ज्वरो क्लिनिक

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 15, 2077
  • 269 पटक पढिएको

सिरहा,बैशाख १५ गते। चन्द्र नारायण यादव मेमोरियल ट्रष्टले संचालन गरेको चन्द्र नारायण यादव मेमोरियल मेटरनिटी अस्पताल माडर सिरहाले सिरहा नगरपालिका २१ लगडीगोठस्थित एक दिने निःशूल्क घुम्ती ज्वोरो क्लिनिक संचालन गरेको छ ।
अस्पतालका निर्देशक डा सुभाषचन्द्र यादवले त्यहाँका स्थानीयहरुको स्वास्थ्य जाँच गर्दै आवश्यक परेकाहरुलाई औषधी पनि निःशूल्क रुपमै वितरण गरे । उक्त वडाका २५ जनाको चेकजाँचसँगै १२ जनालाई निःशूल्क रुपमा आवश्यक औषधी दिइएको उनले बताए ।
वडा कार्यालयको सहकार्य र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको सिफारिसमा सामाजिक दुरी तथा आवश्यक सुरक्षा सर्तकताका साथ क्लिनिक संचालन गरिएको उनले थपे । अरु बेला आउ–आउ भनेर बोलाउने र अहिले विपद्को घडीमा जाँउ–जाँउ भनेर जिम्मेवारीबाट पछि हट्ने जिल्लाका केही त्यस्ता स्वास्थ्य संस्थाहरुका लागि यो क्लिनिकले जिम्मेवारीबोध गराएको अस्पतालका निर्देशक डा।यादवको दाबी छ ।
विश्वमा फैलिएको कोरोना महामारीको अवस्थामा स्वास्थ्यमा देखा पर्ने समान्य भन्दा समान्य समस्यालाई बेलैमा जाँच गराउन उनले सबैसँग आग्रह गरेका छन् । कोरोना महामारीको यो विपद्को घडीमा सबै स्वास्थ्य संस्थाले नागरिकलाई सक्दो सेवाप्रवाह गर्नुपर्ने उनले धारणा व्यक्त गरेका छन् ।
यस्तै, देश बाहिरबाट आएकाहरुलाई सुरक्षित साथ अलगै बसेर अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउन उनको आग्रह छ । जाँच गराउदैमा केही बिग्रिदैन तर जाँच नगराएमा एक व्यक्तिको कारण धेरै व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनको भनाई छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२