सिरहा,बैशाख १३ गते । कोभिड–१९ को महामारीबाट बचाउन सरकारले गरिएको लामो लकडाउन पछि दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवाहरुद्धारा राहत खाद्यान्न सामग्री वितरण गरेको हो ।
ती दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारको समस्यालाई मध्यनजर गरी मिर्चैया नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन पोखरेल र यूवा व्यापारी बजरंग साहको अगुवामा मिर्चैया नगरपालिका वडा नं.९ मा रहेका दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
“सेवा नै धर्म हो ” नाराको साथ मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवाहरुद्धारा प्रत्येक विपन्न परिवार ८ किलो गहुँ अटा,२ पिस जिबन जल वितरण गरिएको जम्मा ४ सय ४५ परिवारलार्ई वितरण गरेको मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवा समितिका सस्दय अशोक चौधरीले बताए ।
उत्त राहत वितरण कार्यक्रममा मिर्चैया नगरपालिका वडा नं.९का अध्यक्ष मोहन पोखरेल,मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवा समितिका सस्दय प्रमेश पोखरेल,ओपिन्द्र साह,जतन चौधरी,भरत साह,राजकुमार चौधरी,अंजित चौधरी,मनोज साह,रामसागर साह,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved