कोरोना महामारी र लकडाउनको प्रभावकारिता

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 6, 2077
  • 157 पटक पढिएको



सिरहा,बैशाख ६ गते । कोरोना भाइरस (कोभिड १९) को कारणले आज विश्व नै लकडाउनको स्थितिबाट गुज्रिरहेका छन् । यस महामारीबाट निदान पाउन एकमात्र हातियार लकडाउन पालना गर्नु नै सावित भइरहेका छन् । भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन र यसको चेनलाई तोडन् लकडाउन उतम उपाय हो । लकडाउनको अवधि लम्बिएका कारण दैनिक मजदूरी गरेर खाने बिपन्न मजदुरवर्ग र खेतिपाती गर्ने किसानलाई ठुलो समस्या सिर्जना भएको छ । समस्यालाई हल गर्ने ठुलो चुनौति भएकाले राज्यलाई गम्भीरताकासाथ विधि बनाएर हल गर्नुपर्ने आवश्यकता छ ।
सरकारले तत्काल जुन क्षेत्रमा महामारीको संक्रमण वढेको छैन त्यहाँका कृषकहरुलाई समाजिक दुरी कायम गरेर वालीनाली लगाउन दिनुपर्छ र समाजिक दुरी कयम गरी चलाउने खालका साना उधोग, कलकारखाना निगरानीमा राखी चलाउन दिनुपर्ने देखिन्छ । विश्व खाद्य तथा कुषि संगठनले संसारभर खाद्यान्न मुद्रा स्फ्रीतिदर एक सयदेखि दुई सय प्रतिशत वढ्ने प्रक्षेपन गरिसकेको छ । हामीले सोचेभन्दा पीडादायक समय आउदै छ भन्ने जनाउ यो तथ्यांकले पनि दिएको छ । त्यसको सामना गर्ने सोच अहिलेदेखि बनाउनु पर्ने देखिन्छ ।
यसकारणले कुषि उत्पादनमा जोड दिनु पर्छ, कृषकले लगाएको वाली भित्र्याउन सम्वन्धित पक्षले सहयोग गर्नुको साथै अर्को सिजनको वाली लगाउन कृषकलाई हौसला वढाउनु पर्छ । कुषिबाट उत्पादित वस्तुको बाजर व्यवस्थापन राज्यले गर्नुपर्छ । बजार व्यवस्थापन नभए राज्यले आफ्नो जिम्मा लिएर सही ढंगले व्यवस्थापन गनुपर्छ । यसले लकडाउन लम्वियो र विदेशमा समेत खाद्यान्न संकट भयो भने आफ्नै उत्पादन खाएर बाच्न सकिने आवस्था रहन्छ । दैनिक ज्यालादारी गरेर खाने मजदुर वर्गलाई लकडाउनमा दैनिक छाकटार्न समस्या भइरहेको छ । सरकारले दिएको राहत पनि पिडितको घरमा ठिक तरिकाले पुगेको छैन । वास्तविक पिडितसम्म अझै पुगेको छैन् । सरकारले एकद्वार प्रणालीवाट राहत वितरण गरिने भनिएपनि प्रभावकारी अनुगमन नभएको कारण अनियमित र वेथितिहरु जन्माएका छन् । अहिलेको संकटको स्थितिमा सम्बन्धित सबैसंग संयमित भएर समन्वय गरेर विधिपूर्वक विपन्न परिवारलाई राहत वितरण जारी राख्नुपर्छ ।

श्रमिकको स्वास्थको सुरक्षा गरेर सबै कुषि जन्य उधोग संचालनमा ल्याउनु पर्छ । अहिले स्कुल, कलेज, विश्वविधालय, सिनेमाहल, कलव, रंगशाला, फिट्नेस सेन्टर, गुम्वा , सार्वजनिक यातायात, एयरर्पोट, अन्तराष्ट्रिय सिमाना लगायतका स्थानहरुलाई बन्द गरेर लकडाउनलाई अझ प्रभावकारी बनाउनु पर्छ । त्यस्तै खाद्यान्न, कृषि उत्पादन तथा औधोगिक उत्पादनको ढुवानीलाई सावधानीपूर्वक संचालन गरिनुपर्छ । शैक्षिक गतिविधीका अनलाइन विकल्पको रुपमा अपनाउन सकिन्छ ।

नेपालमा अति गरीवको जनसंख्या १५ प्रतिशत छन् । यस अर्थमा करीब ४५ लाख नेपाली नागरीक अतिगरिब रहेको मध्ये ५० प्रतिशत मात्र प्रभावित हुदापनि साढे २२ लाख भोकमरीमा रहेका छन् । सरकारसंग देशभरका साढे २२ लाख जनतालाई राहत दिने क्षमता, संयन्त्र र भण्डारण छैन् । यसको गम्भिरतालाई आकलन गर्न अत्यन्त जरुरी छ । लकडाउनलाई प्रभावकारी र व्यवस्थित वनाउन सवभन्दा पहिले भाइरस संक्रमण अति संवेदनशिल क्षेत्र (हटस्पट) घोषणा गरी ती क्षेत्रलाई लकडाउन र स्यानीटाईज गर्ने पुर्व तयारी हुनुपर्छ ।
संक्रमण देखिने ईलाकामा त्यही नियम लगाएर हरेकको स्वस्थय परिक्षण गर्नुपर्छ । जुन ठाउँमा संक्रमण देखिन्छ, त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गनुपर्छ र त्यसको नतिजाका आधारमा मार्किङ गनुपर्छ । संक्रमण नदेखिएको तर सम्भावाना भएको ठाउँहरुमा पनि रयापिङ्ग टेस्ट गरेपछि रेड, एल्लो र ग्रिन जोन गरेर मार्किङ गर्नुपर्छ । रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गनुपर्छ । एल्लो जोनमा अलिक खुकुलो बनाउने र ग्रिन जोनमा झन् खुकुलो बनाउनुपर्छ । त्यस्तै जोखिम नभएको क्षेत्र, जिल्ला, स्थानिय तहमा ग्रीन जोन घोषणा गरी कृषिसंग सम्वन्धित काम र साना उधोग व्यवसाय दैनिक जालादारी मजदुरी गरेर खानेवर्गलाई समाजिक दुरी कायम गरी काम गर्ने व्यवस्था गरे मात्र लकडाउन लम्विएपनि थप प्रभावकारी हुन सक्ने देखिन्छ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२