खाचो भएको लाई राहत भेट्न् सकेको छैनः इन्द्रजित गाेइत

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 6, 2077
  • 1094 पटक पढिएको

सिरहा,बैशाख ६ गते । ‘सेवा नै धर्म हो’ हाम्रा पूर्खाहरुले यसै भन्दै आए ,आफ्नो बलबुतोले भ्याएसम्म सेवा–भावले काम गरे । टाढा–टाढाबाट हिँडेर आउने बटुवाहरुलाई थकाइ लाग्छ भनेर चौतारी बनाइदिने, तिर्खा लाग्छ भनेर धारो बनाइदिने, राती बास बस्नुपर्छ भनेर पाटी–पौवा बनाइदिने गरे । ठाउँ–ठाउँमा बर–पिपल रोपिदिए, जहाँ सितल छहारी मिलोस् ।

अहिले गरिब, निमुखा, मजदुरहरु विचल्लीमा छन् । खासगरी मजदुरी गरेर शहरको ओत लाग्न आएकाहरुको बिजोग छ । शहरमै ओत लागौं, खाने मेलो छैन । गाउँ फर्कौं, जाने स्थिती छैन ।

सरकारले उनीहरुकै लागि भनेर वितरण गरेको नुन, तेल, चामल जस्ता अत्यावश्यक खाद्यन्न कुहिएको एवं खान नमिल्ने पाइएको छ । अर्को्तिर लक्षित बर्गले राहत पाएकै छैनन् । स्थानिय पार्टी कार्यकर्ताको मनोमानीमा राहतमाथि पनि राजनीति भइरहेको पाइन्छ । सरकारप्रति सर्वसाधरणको विश्वास र भरोसा छैन ।

सामान्य समयको बेला ठुला गफ हाँक्नेहरु अहिले राहतको लाइनमा देखिनु लज्जास्पद हो । अहिलेको राहत भनेकै, जसको चुल्हो जलेको छैन त्यसका लागि हो । र यस्तो व्यक्तिको संख्या हाम्रो समाजमा थोरै छ । तर पनि राहतको लाइन देख्दा मन दुखेको छ ।

गरिव तथा अति विपन्न परिवारको लागी राहत आए ता पनि गरिव समक्ष पुग्न सकेको छैन । यो तीतो सत्य हो तर अर्थात यही छ । यहाँका प्रदेश सरकार, स्थानीय सरकार भाषणमा मात्र मिति देखिएको छ । चुनावको बेला मतदाता कति छ भने थाहा हुन्छ तर विपतको बेला राहत बाड्नको बेलामा तथ्यांक खोज्नु कति जायज हो सरकार । यो बस बहाना हो समय कटाउने मलाई लाग्छ । हचुवाको भरमा संकलन गरिएको विवरणका आधारमा राहत सामाग्री वितरण गर्न नसकिने स्पष्ट छ । विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिनु पर्नेमा सबैजसोको नाम समावेश हुनुपर्छ । राहतको नाममा राजनीति हुनु हुँदैन । यसलाई रोक्न सरकारी स्तरबाटै पहल हुनु पर्छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२