अझै डाटा संकलनमा ब्यस्त स्थानीय सरकार ,राहत नपाउँदा सिरहाका विपन्नहरूलाई समस्या

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 4, 2077
  • 150 पटक पढिएको

सिरहा,वैशाख ४ गते । सरकारले गरेको लकडाउनको २३ दिन सम्म पनि राहत नपाउँदा सिरहाका अति विपन्नहरुलाई छाक टार्न समस्या भएको छ।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित नेपालमा नहुन दिनको लागि २३ दिन देखि देश ‘लकडाउन’ मा छ । यति बेला गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असंगठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा वढी प्रभावित भएको छ । लकडाउनले उनिहरूको जिउने ,कमाउने, खाने र बाँच्ने अवसर खोसेको छ ।
सिरहाका १७ स्थानीय तह मध्ये १२ वटा स्थानीय तहमा हाल सम्म राहत वितरण हुन सकेको छैन ।
सिरहामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १७ वटा पालिका रहेकामा हाल मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका र कर्जन्हा नगरपालिका गरी ५ वटा नगरपालिकाले मात्र राहत वितरण शुरु गरेको छ भने सुखिपुर नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका गरी ३ वटा नगरपालिका र बिष्णुपुर, नरहा, अर्नमा, औरही, भगवानपुर, बरियारपट्टी, लक्ष्मीपुर पतारी, नवराजपुर र सखुवानान्कारकट्टी गरी ९गाउँपालिका मिलाएर १२ वटा पालिकाले तथ्यांक अभावले वितरण गर्न नसकेको स्रोतको दाबी रहेको छ ।
लामो समयसम्म लकडाउन लम्बिएका कारण सरकारले दिने भनेको राहत समेत नपुगेपछि उनीहरुको समस्या झनै चुलिएको छ । आफूहरुसँग भएको पैसा सकिएपछि पसलेले समेत उधारो दिन नमान्ने र बाहिर काममा पनि निस्कन सक्ने अवस्था नभएपछि आफूहरूलाई दुई छाक टार्नै धौधौ परेको बिष्णुपुर गाउँपालिका वडा नं। ३ का राम औतार सदाले गुनासो गरे ।
सिरहामा १७ पालिका मध्ये ५ वटा पालिकामा राहत वितर भइरहरेको मा हाल सम्म ८७४९ परिवारलाई विभिन्न पालिकाहरुले राहत वितरण गरिएको छ भने बाँकी रहेका स्थानीय तहहरुलाई वास्तविक पिडितहरुको पहिचान गरी चाडो भन्दा चाडो राहत वितरण गर्न पटक पटक भनिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले बताए । जिल्लामा कोही कतै त्यस्ता अति विपन्न भए आफुलाई जानकारी गराउन आग्रह गर्नुको साथै त्यस्ता विपन्नलाई जिल्ल प्रशासन मार्फत तुरुन्त राहत उपलब्ध गराउने बताउदै सिरहा जिल्लामा कसैलाई पनि भोको बस्न नदिने उनले बताए ।
जिल्ला भरीमा २४६ क्वारेन्टाइन बेड रहेकोमा हाल सम्म १११ जना पुरुष र १९ जना महिला क्वारेन्टाइनमा बसेकोमा १२ जना पुरुष र ३ जना महिला गइसकिएको छ । त्यस्तै ४० आइसोलेसन बेड रहेकोमा ३ पुरुष र १ महिला आइसोलेनमा रहेको छ । हाल सम्म जिल्लामा ६४ जनाको स्वाव जाँचमा ३१ जनाको निगेटिभ रिर्पोट आएको छ भने ३३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गुरागाँइले बताएका छन् ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२