खाद्यान्न बेच्ने नाममा एबी मल्ल संचालन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 30, 2076
  • 554 पटक पढिएको

गोलवजार, चैत ३० गते । सिरहाको गोलवजार स्थित रहेको एबी मल्ल खाद्यान्न सामग्रीका बेच्ने नाममा खुल्ला गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न नेपालमा सरकारले लकडाउन गरेको छ ।नेपालमा समेत कोरोना संक्रमित भेटिएपछि सरकार थप कडाईका साथ रोकथामका कार्यमा लागेको छ । लकडाउनमा सरकारले भीडभाड नगर्न तथा अत्यावश्यक कामबाहेक नागरिकलाई घर बाहिरसमेत ननिस्कन भनेको छ ।
तर एबी मल्लमा खाद्यान्न सामग्रीको नाममा दाल बाहेक केही नरहेको एबी मल्लका मयानेजर पिन्टु राउतले बताए ।  राउतका अनुसार खानेकुराहरु, चिप्स, तेल, नुन ईत्यादी लगायत कोल्ड ड्रिंक्सहरु रहेको बताए । यो लकडाउन भएकै दिन देखी खुल्ला रहेको छ र दैनिक १० घण्टा खुल्ला रहने गरेको बताए ।
यो खुल्ला गर्नको लागाी आधिकारीक जिल्ला प्रशासनबाट पाँस तथा अनुमती दिइएको छैन र गोलबजार उद्योग बाणिज्य संघको सिफाशिमा खुल्ला गरिएको बताए ।
यसरी सरकारले खाद्यन्न विक्री वितरण गरिने पसल तथा व्यवसायहरुलाई विहान र वेलुका दुई दुई घण्टा संचालनमा ल्याएका हुन, तर पनि सरकारको निर्देशनको अवज्ञा व्यापक देखिएको छ ।
सिरहाको गोलबजारमा रहेको एबी मल लकडाउनमा पनि बन्द भएको छैन । सरकारको निर्देशनलाई लत्याउँदै दैनिक मल्ल सञ्चालन भइरहेको छ ।
मल सञ्चालनमै रहँदा उपभोक्ताहरु पनि मानेका छैनन । दैनिक जसो त्यहाँ भीडभाड हुने क्रम राकिएको छैन । दैनिक रुपमा मल्ल सञ्चालन भइरहँदा पनि नगरपालिकाले भने कुनै चाँसो देखाएको छैन । यसरी व्यपार संघको सिफारिशमा खोल्न मिल्छ वा मिल्दै स्थानियहरुको जिज्ञासा रहेको छ ।


खाद्यान्न बेच्ने नाममा एबी मल्ल संचालन शिर्षक समाचारमा एबी मल्ल लकडाउन भएको सरुमा वन्द ३/४ दिन बन्द रहेको र त्यस पश्चात सामान्य रुपमा संचालन गरेकोमा अन्यथा भएको व्यहोरा सच्याईएको छ । न्यूज डेक्स


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२