राहत वितरण नयाँ वर्ष अगावै

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 28, 2076
  • 1212 पटक पढिएको

सिरहा, चैत २८ गते । सिरहाको धनगढीमाई नगरपालिकाले धनगढीमाई नगरपालिका कोष एवम् विभिन्न संघ संस्था तथा दातृ निकायहरुबाट पाएको आर्थिक सहयोगबाट एकैपटक सबै वडामा राहत वितरण गर्ने भएको छ ।
चौदह वटा वडा रहेको धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्र रहेका अति विपन्न, दैनिक ज्यादारी, एकल महिला, पुरुष लगायतलाई वैशाख १ अर्थात नयाँ वर्ष अगावै राहत उपलब्ध गराउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । कोभिड–१९ नेपालमा संक्रमण नहुन दिनको लागी विगत दुई साता देखी भएको लकडाउनमा जिवनयापनमा केही सहजता होस् भन्ने उद्देश्यले खाद्यन्न सामग्रीहरु उपलब्ध गराउन लागिएको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले बताउनुभयो ।
नगरपालिकाले राहत सामग्री वितरणमा एकद्घार प्रणाली अप्नाउने नीति अनुसार नगरक्षेत्रभित्रका संघ संसथा, दातृ निकाय, समाजसेवीहरुलाई आर्थिक सहयोग गर्नको लागी यसअघि अपिल गरेका थिए । नगरपालिकाले गरेको अपिल अनुसार बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि। जिरोमाइलले एक लाँख अरसठी हजार नौ सय बतिस रुपैया, माँ सखडा भगवती कन्सट्रक्सन प्रा।लि।धनगढीमाई नपा १२ का प्रो राज कुमार साह एक लाँख पाँच हजार रुपैया र दतिल जन कल्याण युवा क्लब (एक्सन एड)धनगढीमाई नपा १२ ले रु एक लाँख रुपैया आर्थिक सहयोग गरेका थिए । नगरप्रमुख चौधरीले संकटको घडिमा खाद्यान्न सामाग्रीको लागि गरेको आर्थिक सहयोग सह्रानीय भएको भन्दै सबै दातृ निकाय, संघसंस्था, समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नगरक्षेत्रभित्र रहेका अति विपन्न परिवारको प्राथमिकीकरण कार्य सम्पन्न भइसकेकोले राहत सामग्रीको लागि नगरबाट खर्चिने रकम र दातृ निकायबाट प्राप्त भएको रकमलाई सही ढंगले उपयोग गरी लाभदायिक सामुदायलाई सम्बन्धित वडाको वडा अध्यक्षको उपस्थतिमा भोलि या पर्सिबाट वितरण गरिने नगरपालिकाले बताएका छन् ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२