१ सय ५६ दलित, विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण १ सय ५६ दलित, विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 25, 2076
  • 96 पटक पढिएको

रोहित कुमार मण्डल ।
लहान,२५ चैत्र । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक गुजारा गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका –५ कुशहाका १ सय ५६ दलित, विपप्न तथा निसाहय घर परिवारका लागि नेपाल कम्युनिष्ट पार्टिका नेता तथा नेपाल सरकारका गृह मन्त्रालयका पूर्व सचिव डाक्टर शंकरलाल चौधरीले नेकपा स्थानिय नेता तथा कार्यक्रता बिन्दे मण्डलको रोबर तथा सुरुङ्गा नगर पालिका –६ श्रीपुरका वडा अध्यक्ष लिलाकान्त चौधरीको अगुवाईमा आज म्गलबार राहत स्वरुप खाधान्न सामग्री वितरण गरेका छन् ।
लामो समयको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित, विपप्न तथा अति निसाहय घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर भएकोले नेपाल कम्युनिष्ट पार्टिका नेता तथा नेपाल सरकारका पूर्व सचिव डाक्टर शंकरलाल चौधरीले राहत स्वरुप चामल १० के.जी., एक केजी नुन,दाल १ एक केजी, आलु १ केजी, खानेतेल ५०० ग्राम, माक्स १ थान, हात धुने साबुन १ थान लगायतका सामग्री वितरण गरेको राहत वितरणमा सहभागी सबल नेपालका स्पोन्सरसीप कार्यक्रम सहायक राजेश कुमार पासवानलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् ।
आज राहत सामग्री लिन नभ्याएकाहरुलाई भोली बुधबार बिहान ९ः०० बजेदेखि पुनः राहत वितरण गरिने सुरुङ्गा नगर पालिका –५ कुशहाका वडा सदस्य मोहम्द जाकिर हुसेनले जानकारी दिनुभयो ।
आज मंगलबारको राहत वितरणकार्य सप्तरीको सुरुङ्गा नगर पालिका– ५ कुशहा रामटोली, बनिगामा पासवान टोल, बनिगामा रामटोल, गहबर टोल कुशहा, कामतटोल कुशहालाई पहिलो प्राथमिकतामा राखेको राहत वितरणमा सहभागि भगवती पासवानले जानकारी दिनुभयो ।
सबल नेपालका प्रतिनिधि श्रवण कुमार पासवान, संचारकर्मी , समाजसेवी राम प्रसाद चौधरी, मोहम्द मन्जुर, बच्चकुन चौधरी, श्रीराम पासवानको रौहबरमा राहत सामग्री वितरण गरेका थिए ।

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२