राहतको विषयमा झडप वडा अध्यक्ष सहित ८ जना घाईते

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 25, 2076
  • 281 पटक पढिएको

सिरहा,चैत २५ गते । राहतको विषयमा भएको झडपमा एक वडाध्य सहित आठ जना घाइते भएका छन ।
मिर्चैया नगरपालिका २ मल्हनियाँस्थित सोमबार बेलुकी नगरपालिकाका मेयर श्रवण कुमार यादव र एक अर्को पक्षबीच झडप भएको हो ।
घाइते मध्ये गम्भीर रहेका अर्का पक्षका अमोद यादवसहित २ जनालाई बिराटनगर रिफर गरिएको छ , भने सोही पक्षका दुईजनाको मिर्चैयामा उपचार भइरहेको छ । यस्तै, वडा २ का वडाध्यक्ष लक्ष्मेश्वर कापर सहित त्यस पक्षका दुईजना सामान्य उपचारपछि घर फर्किएका छन ।
मेयर पक्षका पनि जम्मा चारजना घाइते भएकामा दुई जनालाई सामान्य चोट लागेको छ । अर्का पक्षका घाइते अमोदको भने हात, खुट्टा र ढाँडमा बढी चोट लागेको छ । उनी कांग्रेसका हुन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित वडा २ र ३ का दलित परिवारहरुले केहि दिनअघि अमोद सँग राहत दिलाइ दिन अग्रह गरेका थिए । लकडाउनमा छाक टार्नसमेत मुस्किल भएपछि उनीहरुले अमोदलाई गुहारेका थिए ।
नगरपालिकाबाट कुनै चाँसो नदेखिएपछि अमोदले निजी खर्चमा उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने बाचा गरे । खाद्यान्न सामाग्री किनेर आइतबार अमोद सहित नेकपाका प्रदेश सांसद दिलीप साह, तत्कालिन एमालेबाट मेयरका प्रत्यासी प्रदीप महासेठ लगायतका राहत बाँड्न दलित बस्ती पुगे ।
आफूहरु त्यहाँ पुगेको थाहा पाएपछि मेयर र उनका मान्छेहरु राहत वितरण गर्न नदिएको अमोदले बताए । वितरण गर्न लगिएको खाद्यान्न सामाग्री वितरण गर्न नदिएर फाल्न खोजेपछि त्यहाँ हिजो पनि विवाद भयो ।
आफ्नो वडामा अरुलाई राहत बाँड्न नदिने भन्दै वितरण गर्न नदिएको अमोदले सुनाए । उनीहरु गएपछि मात्रै त्यहाँ राहत बाँडिएको तरुण दलका धनेश्वर यादवले जनाए । आज मेयर यादव र वडाध्यक्षसहितको टोली पनि त्यहाँ राहत वितरण गर्न जाँदा दुबै पक्षबीच विवाद भएको हो ।
आफूहरु राहत वितरणका लागि वडा कार्यालयमा सामान मिलाइरहेका बेला अमोद पक्षले अनापसनाप बोल्न थालेपछि झडप भएको घाइते वडाध्यक्ष लक्ष्मेश्वर कापरले प्रतिक्रिया दिए ।
घटना सम्बन्धमा बुझ्दा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले सामान्य झडप भएको बताए । यता, घटना सम्बन्धमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२