गणेश कुमार शर्मा
सिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतार द्धारा आर्थीक सहयोग गरिएका छन् ।
“सेवा नै धर्म हो ” नाराको साथ सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा अति विपन्न ५ जना घर परिवारलाई प्रति परिवार सात हजार एक रूपैयाँ गरि जम्मा रू ३५ हजार ५ रूपैयाँ आर्थीक सहयोग गरिएको सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ कोषाध्यक्ष पाण्डप ठाकुरले बताए ।
सिरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ कोषाध्यक्ष ठाकुरले भने मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्दै आएको हो ।
अहिले संसार भर फैलियको नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएकोे कारणले लगातार लकडाउनले कामहरु बन्द भएको छ । देशमा लकडाउन भएको कारण जिवण काटन गारो भएको पीडित रामनारायण कापरले बताए ।
त्यसै गरि सरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा कतारले सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मा बस्दै आएका रामनारायण कापर(मुन्डा),बिनोद महरा,पवित्री देवी कापर,देबेन्द्र कापरी,हरिद्याल सदालाई आर्थिक सहयोग गरेका छन ।
उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रममा सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय सदस्य प्रदिप कुमार महतो,पुर्व कोषाअध्यक्ष जोगिन्द्र साह र पुर्व अध्यक्ष शिव कापरीले पिडितको घरमै गएर पत्रकार, स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितहरुलाई रकम हस्तान्तरण गरिएको छ ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved