लागुऔषध सहित दुईजना पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 22, 2076
  • 171 पटक पढिएको

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन बन्देज भएपनि मोटरसाईकलमा लागुऔषध सहित तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । मोटरसाइकल आएका दुईजना प्रहरी देखेपछि भाग्ने क्रममा सडक छेउमा अत्याधिक गतिका कारण मोटरसाईकल ठोक्किएपछि उनीहरु पक्राउ परेको हो ।
स.३ प. ३४५६ नम्बरको मोटरसाईकलमा सिरहा नगरपालिका–१२ सारस्वमा बिहीबार प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्न खोज्दा उनीहरु भागेका थिए । प्रहरी देखेर भाग्ने क्रममा सारस्वर–गुलरिया सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लागुऔषधसहित मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–८ का मोहमद हयब खानको छोरा ३२ बर्षीय लालु खान र मिर्चैया नगरपालिका– ५ जिवाटोलका देवु पासवानको छोरा २९ वर्षीय उचित भनिने नागेन्द्र पासवानलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता विनोद घिमिरेले बताए ।
मोटरसाइकलको सिटको बीचभागमा लुकाइएको झोलामा डाइलेक्स डिसी १०० एमएलको ४६ बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा समान्य घाईते खानलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ । उता पासमानलाई हात, टाउको र छातीमा चोट लागेपछि थप उपचारको लागि पासवानको आमा जमुनिया देवी पासवानलाई जिम्मा लगाई विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२