चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 21, 2076
  • 71 पटक पढिएको

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रका संचालक अरुण साहलाई धरौटीमा छोडेको छ । उनलाई ६५ हजार धरौटीमा रिहा गरेका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रमा खाद्य सामग्री विभिन्न ब्राण्डको चामल मिसावट गरेको एक जना व्यपारीलाई पक्राउ गरेको थिए ।

मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रका संचालक अरुण साहलाई चैत ११ गते पक्राउ गरेको (डिएसपी) जैसवारले बताए । (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले भने गोप्य सुचनाको आधारमा उक्त अरुण खरिद विक्री केन्द्र अगाडी खाली ठाउँमा चामल मिसावट गरि एउटै ठाउँमा खन्याई राखेको र सोही नजिकमा धिरु लेखिएको चामलको खाली बोरा थान–७, फौजी लेखिएको चामलको खाली बोरा थान–२ र थ्रि टाईम्स लेखिएको चामलको खाली बोरा थान–४७ रहेको थिए ।

उनले भने मिसावट गरेको चामल बोरामा प्याक गर्दा ४७ बोरा भएको र प्रति बोरा २५ किलोको दरले जम्मा ४७ बोराको एघार सय पचहत्तर किलो रहेको थियो । उक्त चामल कानुन बमोजिम बरामद गरि सो चामलको प्रतिबोरा रु.१३००।– को दरले जम्मा रु.६१,१००।– मुल्याङ्कन गरि उक्त चामल सहित अरुण साहलाई आवश्यक कारवाहीको लागी यहि चैत २० गते जिल्ला प्रशासन कार्यालय सिरहामा पठाउँदा अरुण साह संग रु. पैसठी हजार धरौटी माग हुँदा धरौटी राखी तारेखमा छुटेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२