समाचारको प्रभाब एकल महिलालाई घरमै पुगेर खाधन्न सामग्री सहयोग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 20, 2076
  • 512 पटक पढिएको

रामनारायण ठाकुर
सिरहा,चैत २० गते । आज विहान पूर्वाञ्चल एक्सप्रेस अनलाईनमा मिर्चैयाका एकल महिलालाइ नातीनीको चिन्ता,छाकटार्न समस्या शिर्षकमा छापिएको समाचारको प्रभाबमा सहयोगी हातहरु घरमै पुगेर दिए खाद्यान्न सामग्री दिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं..२ मल्हनिया खोरीकी एकल महिला पवित्री देवी कापरलाई हेल्प मधेशी संस्था र जनमत पार्टीको कार्यकर्ताद्वारा खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ।
सिरहा मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरी बस्ने अनजादी ६५ वर्षीय पवित्री देवी कापर मल्हनिया पिरारी गाउँका रामजानकी मन्दिरको किनारमा सानो झुपडीमा एक विपन्न असाहय परिवार बस्दै आएको छ ।
घरमा कोही सहारा नभएको १२ वर्षीय नतिनी संग आमालाई आफु भन्दा बढी नातिनको चिन्ताले सताउन सुरु गरिसकेको छ ।
आज विहान समाचारको प्रकाशित भए पछि हेल्प मधेशी संस्थाद्वारा २५ के जी चामल,५ के जी आलु,३ के जी दाल रहरको ,२ के जी प्याज, २ के जी नुन , २ लिटर खाने तेल, २ के जी स्वाविन९मसउरा०, आधि के जी मिक्स मसला, ३ के जी सर्फ र१ पिस साबुन हेल्प मधेशी साउदीका केन्द्रिय दलान प्रमुख धुब्र मण्डल र जनमत पार्टीको कार्यकर्ता द्वारा चामल १० के जी, दाल ३ के जी, आलु २ के जी, प्याज १ के जी,नुन १ के जी,स्वाविन९मसउरा० आधि के जी र मिक्स मसला १५ प्याकेट रहेका थियो । जनमत पार्टीका यूवा नेता सुरेश चौधरी पिडितका घरमै गइ पिडितलाइ उक्त खाद्यान्न सामग्री दिईएको छ ।


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२