सिराहामा १८ शय्याको कोरोना विशेष अस्पताल सञ्चालन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 20, 2076
  • 235 पटक पढिएको

सिराहाको धनगढीमाई नगरपालिका–११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सोमबारदेखि १८ शैयाको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमण आशंका भएका बिरामीको जाँच र उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्थायी अस्पतालमा नेपाली सेनाको चोहर्बास्थित शेर गणका सहसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा सेनाका पाँचजना प्यारामेडिक्स, सेनाका जवान, लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालका चिकित्सक, नर्स तथा धनगढीमाई नगरपालिकाका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ ।

शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले सेना, नगरपालिका, स्वास्थ्य कार्यालयको समन्वयमा चौबिसै घन्टा अस्पताल सञ्चालनमा आउने बताए । ‘कोरोनाको आशंका भएका बिरामीलाई अस्पतालको भुइँतलामा तयार पारिएको क्वारेन्टाइनमा केही दिन निगरानीमा राखेर उपचार गरिनेछ,’ गौलीले भने, ‘कोरोनाको पुष्टि भए सामान्य अवस्था भएकालाई यहीँ उपचार गरिनेछ भने गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटर, आइसियूसहितको सुविधा भएको अन्य अस्पतालमा रेफर गरिनेछ ।’

सेनाले सञ्चालन गरेको कोरोना विशेष अस्थायी क्वारेन्टाइन अस्पतालबाहेक लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पाँच शय्या, धनगढीमाई मुसहर्नियाको आरके मेडिसिटी अस्पतालमा पाँच, फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा पाँच र सिराहा अस्पतालमा सात गरी २२ शय्याको आइसोलेसन वार्डसमेत तयारी अवस्थामा राखिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा सिराहाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा एक सय ९१ शय्याको क्वारेन्टाइन बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार कोरोनाको आशंका भएका बिरामीहरूका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको हो । सभार नयाँ पत्रिका


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२