अझै पनि निद्रा मै छन् जनक नन्दनी गाउँपालिका प्रमुखहरु:स्थानीय यूवा इन्द्रजित गोइत

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 17, 2076
  • 339 पटक पढिएको

धनुषा,चैत १७ गते । नेपाल सरकारले लगाएको LOCK DOWN को नियम गाउँ भित्रका जनता ले जसो तसो पालन गरे पनि गाउँपालिका का वरिष्ट मेयर ,उप मेयर ,वडा अध्यक्ष,हरुले कोरोना भाइरस अर्थात् LOCK DOWN लाई मजाक साथै यस प्रति कुनै किसमको चासो न देखाएको स्पष्ठ देखिन्छ।
धनुषा काे जनकनन्दनी गाउँपालिका भारत संग सिमाना जोडिएको हुनाले कोरोना भाइरसको उच्च जोखिममा पर्ने गाउँ अन्तर्गत पर्दछ। सरकारी नीति र निर्देशनहरुको पालना गरेनौ भने हाम्रो गाउँ र देश को हालत चीन र इटाली को भन्दा अझ दर्दनाक हुनेछ। बुद्धिजिवि जनता हरुमा आग्रह गर्न चाहन्छौ फोटो को फ्रेम मा सजिनु भन्दा केहीदिन घरमै बस्नु उत्तम हुन्छ।
गाउँपालिका का वरिष्ट मेयर,उपमेयर,वडा अध्यक्ष हरु सँग हामी एउटा गाउँलेको तर्फ बाट प्रशन गर्न चाहन्छौ।
* कोरोना भाइरस बाट बचौ र वचाउ अभ्यान कुनै किसिमको राजनीतिक र आर्थिक आम्दानी न हुने भएका ले हाम्रा वरिष्ट नेतागण हरुले यसप्रति चासो नदेखाएका हो की ???
हैन भने यस्तो ठूलो महामारी लाई बेवास्ता गरी मौन धारण मा बस्नुको कारण के ??? प्रत्येक दिन भारतीय सीमा भएर मानिस गाउँ वित्रिएकै छन् , गाउँमा सामूहिक बजार लागेकै छन् , यति मात्रै कहाँ हो र गाउँमा केही बेगती लाई रुघा खोकी ज्वरो अर्थात् कोरोना को आशंका गरी गाउँपालिका मेयर-उपमेयर र वडा अध्यक्ष हरु लाई जानकारी गराउँदा पनि किन केही चासो न देखाउनु भएका हाम्रा महान गाउँपालिका प्रमुख र वडा अध्यक्ष ज्यू हरु ले???
,के यही हो त LOCK DOWN??? यही हो त गाउँपालिका को सुरक्षा व्यवस्था ???
गाउँका महान नेता हरुलाई ध्यान आकर्षण गराउन।। चाहन्छौ ,गाउँले हरुले तपाईंहरूलाई खुर्सि मा बस्न लाई भोट दिएका छैन गाउँमा आइपरेका यस्ता समस्या प्रति चासो दिनुस् आग्रह गर्न चाहन्छौ कोरोना भाइरस लाई मजाक मा न लिनुहोस हैन भने गाउँ र देशका मान्छे लाई फोटो फ्रेममा सजिन समय लाग्ने छैन।।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२