मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारको घरमै पुगी खाद्यान्न सामग्री बाँडे

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 15, 2076
  • 428 पटक पढिएको


गणेश कुमार ठाकुर
सिरहा,चैत १५ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले वडा नं.१ देखि १२ मा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारको घरमै पुगी मेयर श्रवण यादवले खाद्यान्न सामग्री बाँडेका हुन् ।
नोवेल कोराना भाइरसको रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई छाक टार्न समस्या परेको छ । यस्तो अवस्थामा ती परिवारका लागि मिर्चैया नगरपालिकाले राहत खाद्यान्न सामग्री वितरण गरेको हो । ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको अगुवामा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
मेयर यादवले भने नोवेल कोराना भाइरसले मुलुकसहित विश्व नै सङ्कटमा रहेको बेला सामाजिक एकता कायम राख्नुका साथै गरिब परिवारलाई खाना खान समस्या परेकोले सहयोग गरेको छु ।
राहतमा प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल,२ किलो आलु, २ किलो चुरा, आधि किलो मुरही,आधि लिटर खाने तेल, १ किलो नुन,साबुन र मास्क वितरण गरेको मिर्चैया नगरपालिका वडा नं.६का वडाध्यक्ष देव कृष्ण साहले जानकारी दिनुभएको छ ।
उत्त राहत वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, उप–मेयर जिवछी देवी साह, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवार,मिर्चैया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष देव कृष्ण साह, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैया नागरपालिकाका कर्मचारी दिलिप मंडल, मिर्चैया नगरपालिका वडा नं.६ का वडा सदस्य दिलिप साह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, कर्मचारीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२