कतार एयरबाट आएका सर्लाहीका युवकको परिवारका सबैजना क्वारेन्टाइनमा

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: चैत्र 13, 2076
  • 59 पटक पढिएको

crona-awareness-banner सिरहा,चैत्र १३ गते ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीसहित उनका परिवारका सबै सदस्यलाई घरको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

‘हामीले संक्रमित युवतीसँगै जहाजमा आएका एक व्यक्तिको पहिचान गरिसकेका छौं, उनलाई घरकै क्वारेन्टाइनमा राखेका छौं’ प्रमख जिल्ला अधिकारी जिसीले भने, “स्वास्थ्यकर्मीको निगरानीमा उनीसहित उनका १४ जनाकै परिवारलाई राखेका छौं ।’

ती युवकको अहिलेसम्म अवस्था सामान्य देखापरेको बताउँदै उनले १५ दिनसम्म घरकै क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिने बताए ।

थप दुई जनालाई क्वारेन्टाइनमा

प्रमुख जिल्ला अधिकारी जीसीले जिल्लाका थप दुई व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

उनका अनुसार दुबैलाई सरकारी क्वारेन्टाइनमा राखिएको छ । दुबै जना विदेशबाट आएकाले क्वारेन्टाइनमा राखिएको उनले बताए ।

अनलाईनखवर


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२