सिक्रौनका स्थानीय युवाहरूद्वारा निःशुल्क माक्स वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 13, 2076
  • 637 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,चैत १३ गते । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम कम गर्नका लागि सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोन गाउँका सक्रिय युवाहरूको एक समूहले मास्क वितरण गरिएको छ । कोरोना बारे सर्वसाधारणलाई जानकारी गराउदै सिक्रोन गाउँका सक्रिय युवाहरूले माक्स वितरण गरेको हो।
सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोनका युवा अरुन सहनीले जानकारी दिए ।
मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोन र मिर्चैया नगरपालिका वडा नं. १२का अन्य क्षेत्रमा समेत गरि एक हजार माक्स निःशुल्क वितरण गरिएको स्थानीय युवा दिलिप कामतीले बताए ।
युवाहरूको सो समुहले गाउँ भरी नै लकडाउनको पालना गराउनु को साथै युवाकै नेतृत्व मा स्वास्थकर्मीलाई समेत साथमा लिएर गाउँ भरी नै जनचेतना फैलाउने काम गरेको अर्को स्थानीय युवा अरबिन्द सहनीले बताए । स्थानीय युवा सहनीले सबैलाई अत्याबश्यक कामबाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन आग्रह समेत गरेका छन् । मिर्चैया नगरपालिका वडा नं. १२ सिक्रोनको युवाहरूको यो समूहले ‘सामाजिक कामका लागि युवा’ भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।
बजारमा माक्सको अभाव देखिएको बेला कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको युवा धिरज कामतीले जानकारी दिए ।

 

 


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२