चीनबाट कोरोना भाइरसको उपचार र परीक्षणका लागि सामान आउँदै

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: चैत्र 11, 2076
  • 12 पटक पढिएको

सिरहा,फाल्गुन ११ गते ।

चीनले नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू दिने भएको छ ।

उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन तयारी भइरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले के–के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबीच छलफल भइरहेको बताएका छन् ।

यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के–के सामग्री चाहिन्छ भनेर सोधेको थियो ।

नेपालले आफूलाई चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छिन् ।

सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं !’

यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए ।

कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्‍यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ ।

दैनिक नेपाल


मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२