मिर्चैया प्रहरीद्धारा घरेलु मदिरा नष्टःसमाजमा झै–झगडा, घरेलु हिंसा, घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ(डिएसपी) जैसवार

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 8, 2076
  • 2821 पटक पढिएको


गणेश कुमार शर्मा
सिरहा,चैत ८ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा मिर्चैया नगरपालिका बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार महतोले बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको अनुसार पछिल्लो समय प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।
अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
मिर्चैया नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह, मिर्चैया नगरपालिका वडा नं. ६ का वडा वडाध्यक्ष देव कृष्ण साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन ।

 


शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार

कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२